Connect IPS
IME Life

चार लघु बीमाले कम्पनी रजिष्ट्रारबाट लिए व्यवसाय शुभारम्भको स्वीकृति, औपचारिक साइत जुराउदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ लाइसेन्स पाएका चार लघु बीमा कम्पनीहरुले व्यवसाय शुभारम्भका लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति लिएका छन् । कम्पनी ऐन अनुसार उनिहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पनि अनुमति लिएका हुन् ।

गार्डियन माक्रोइन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ र प्रोटेक्टिभ माइक्रोइन्स्योरेन्स कम्पनीले व्यवसाय शुभारम्भका लागि आवस्यक तयारी सुरु गरेका हुन् । चार वटै कम्पनीका अध्यक्षहरुले एकै पटक बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

Prabhu
Crest

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवाल रहेका छन् ।

चार वटै कम्पनीले बीमा पोलिसी स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेका छन् । प्राधिकरणको एक्चुरीले पोलिसी स्वीकृत गर्ने वित्तीकै उनिहरुले व्यवसाय शुभारम्भ गर्ने छन् । प्राधिकरणले कम्पनीहरुका लागि युएनडिपी सँग मिलेर पोलिसी डिजाइनको काम पनि गरिरहेको छ । नेपालमा माइक्रोइन्स्योरेन्सको अभ्यास धेरै पहिलादेखि हुँदै आए पनि कम्पनी नै खडा गरेर यो पहिलो पटक हो ।

पुराना कम्पनीहरुले दुरदराजका जनताको बीमा गराउन नसके पछि प्राधिकरणले तीन वटा लघु जीवन बीमा कम्पनी र चार वटा निर्जीवन लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । हालसम्म चार वटाले व्यवसाय शुभारम्भका लागि कर्मचारी नियुक्ति गर्नेदेखि लिएर कार्यालय व्यवस्थापनका सम्पुर्ण कार्यहरु पुरा गरिसकेका छन् ।

प्राधिकरणले प्रदेश तोकेरै सम्बन्धित प्रदेश कार्यालयमै केन्द्रिय कार्यालय स्थापना गर्नु पर्ने व्यवस्था गरिएको छ । प्रदेश तोकेर लाइसेन्स दिए पनि उनिहरुले नेपाल अधिराज्यभर काम पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS