IME Life New

कृषि तथा पशुपन्छी बीमालेख सुचारु, असार मसान्तसम्ममा अनुदान नआए पुनः बन्द गर्ने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले असार मसान्तसम्मका लागि कृषि तथा पशुपन्छी बीमालेख बिक्री खुला गर्ने निर्णय गरेको छ । सरकारले दिनु पर्ने अनुदान उपलब्ध नगराए पछि बीमकहरुले जेठ ७ गतेदेखि बीमालेख जारी गर्न बन्द गरेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमहरुलाई केहि आंशिक रकम उपलब्ध गराए पछि हाललाई बिक्री खुला गर्ने निर्णय गरिएको बीमक संघका महासचिव अशोक कुमार खड्काले जानकारी दिए । गएको जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षमा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकले अनुदान रकम उपलब्ध गारउने प्रतिवद्धता व्यक्त गर्नुका साथै बीमालेख जारी गर्ने कार्य सुचारु गर्न आग्रह गरिएको थियो । उक्त आग्रह पछि बीमक संघले कथम् कदाचित असार मसान्त भित्र अनुदान रकम प्राप्त नभएमा पुनः बीमालेख बन्द गर्ने चेतावनी सहित बिक्री गर्न सुरु गरिने निर्णय गरिएको हो ।

Esewa
Crest

संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा बापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत अनुरोध गरिएको छ ।

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशः अनुदान दिदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अदान करिब ३ अर्ब रुपैयाँ बाँकी रहेको छ । बीमकहरुले अनुदान रकम पाउन बारम्बार सम्बन्धि बीमालेख जारी गर्न बन्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS