IME Life New

कर्णालीः ६ महिनामा ३३४ किलाेमिटर विद्युत प्रशारण लाईन बिस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेशमा चालू आर्थिक वर्षकाे पहिलाे ६ महिनाकाे अवधिमा ३३४ किलाेमिटर विद्युत प्रशारण लाईन विस्तार भएकाे छ। नेपाल राष्ट्र बै‌ंकले सार्वजनिक गरेकाे प्रदेशकाे आर्थिक गतिविधि सम्बन्धी अर्द्ध वार्षिक प्रतिवेदन अनुसार चालू आव २०७९/८० मा प्रदेशमा प्रशारण लाइन ८,२४७ किलाेमिटर पुगेकाे छ।

नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुसार यस प्रदेशमा विद्युत प्रसारण लाईन ७,९१३ कि.मि. मात्र रहेकाे थियाे । पहिलाे अर्द्ध वार्षिक अवधिमा प्रदेशमा  २.०२ मेगावाट थप भई १३.०२ मेगावाट जलविद्युत विद्युत उत्पादन भएको छ।

Esewa
Crest

प्राधिकरणको प्रतिवेदन यस प्रदेशमा  ठूला जलविद्युत आयोजना सञ्चालनमा नरहे पनि दैलेख जिल्लामा २.१५ मेगावाट क्षमताको माथिल्लो पराजुली खोला, ४.२ मेगावाट क्षमताको लोहोरे खोला र ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे खोला आयोजना निर्माणाधीन अवस्थामा छन्।  त्यस्तै कालिकोट जिल्लामा १२ मेगावाट क्षमताको रुरुबन्चु खोला–२ जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । यी बाहेक कर्णाली प्रदेशमा ८२.३ मेगावाट क्षमताको जगदुल्ला–ए, १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली, १३५ मेगावाट क्षमताको चेरा–१, ४८० मेगावाट क्षमताको फुकोट कर्णाली लगायतका अन्य जलविद्युत परियोजनाहरु अध्ययनको क्रममा रहेका छन्।

कर्णाली प्रदेशमा देशकै महत्वपूर्ण कर्णाली, भेरी, हिमा, तिला जस्ता नदीहरु रहेकोले जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको छ । राष्ट्र बैंककाे प्रतिवेदनमा जलविद्युत उत्पादनमा वृद्धिसँगै कर्णालीमा औद्याेगिक उत्पादन वृद्धिमा सहयाेग पुग्ने अपेक्षा गरिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS