IME Life New

साना व्यापारमा कर्जा दिन झुम्मिए वित्तीय संस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा बढी कर्जा थोक तथा खुद्रा व्यापारमा नै प्रवाह गर्दै आएका छन् । अर्थमन्त्रालयलको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७५/७६ को फागुन महिनासम्ममा उक्त क्षेत्रमा वित्तीय संस्थाहरुले २२ दशमलव ७१ प्रतिशत लगानी गरेका छन् ।

वित्तीय संस्थाहरुले उत्पादन क्षेत्रमा पनि उत्तिकै लगानी गरेका छन् । सो क्षेत्रमा वित्तीय क्षेत्रको कुल कर्जाको १७ दशमलव ९६ प्रतिशत प्रवाह भएको छ । निर्माण क्षेत्रमा भने वित्तीय संस्थाहरुले ११ दशमलव ६९ प्रतिशत लगानी गरेका छन् । सेवा उद्योगमा ८ दशमलव ३६ प्रतिशत लगानी भएको छ । कृषि क्षेत्रमा ६ दशमलव ४९ प्रतिशत लगानी भएको छ भने खानी क्षेत्रमा शून्य दशमलव २६ प्रतिशत लगानी भएको छ ।

Esewa
Crest

यातायात, सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा ५ दशमलव ७० प्रतिशत, उपभोग्य क्षेत्रमा ३ दशमलव शून्य ६ प्रतिशत र अन्य क्षेत्रमा २६ दशमलव ७७ प्रतिशत कर्जा प्रवाह भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार चालु आवको फागुन महिनासम्ममा बंैक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा २७ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा १४ दशमलव ६ प्रतिशतले बृद्धि हो । गत आवमा भने यस्तो कर्जा १४ दशमलव ४ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS