IME Life New

मधेश प्रदेशका सम्पूर्ण नागरिकको २ लाखको दुर्घटना बीमा,प्राधिकरणको प्रदेश कार्यालयको शसक्त र प्रभावकारी भुमिका   

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले राज्यले अवलम्वन गरेको संघिय संरचना बमोजिम आफ्नो कार्यालयलाई पनि प्रादेशिक रुपमा विस्तार गरि सञ्चालनमा ल्याई सकेको छ । विभिन्न प्रदेशमा सञ्चालनमा आएका प्रदेश कार्यालयहरुले आफूले गर्नुपर्ने कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्दै आइरहेका छन् । सोहि अनुसार प्राधिकरणको मधेश प्रदेश कार्यालयले आफ्नो भूमिकालाई शसक्त र प्रभावकारी बनाउन सफल भएको छ ।

प्राधिकरणको मधेश प्रदेश कार्यालयले मधेश प्रदेशमा मुख्यमन्त्री, अर्थमन्त्री, प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश कृषि मन्त्री , प्रदेश अर्थसचिव र कृषि सचिवहरुसँग पटक पटक छलफल तथा आवश्यक समन्वय गरी प्रदेश सरकारले बजेटमा व्यवस्था गरि बजेटमा समावेश गर्न सक्ने बीमा सम्बन्धी विषयहरुका सम्बन्धमा लिखित रुपमा नै सुझाव सहितका पेश गरेको थियो ।

Esewa
Crest

सो बमोजिम नै मधेश प्रदेश सरकारले आगामी आ.व. २०८०/८१ को निति तथा कार्यक्रमको बुँदा न. ४१ मा किसानहरुको बालीबस्तु तथा पशुधनको संरक्षण गर्नका लागि कृषि तथा पशुपन्छी बीमामा कार्यक्रमलाइ वडास्तरसम्म प्रभावकारी रुपमा प्रचार प्रसार गरि बीमा लागु गरिनुका साथै, क्षतीपूर्ति व्यवस्थापनका लागि प्रत्येक जिल्लामा बीमा सहायता एकाईको व्यवस्था गरिनेछ भन्ने कुरा उल्लेख गरिएको थियो । सोहि बमोजिम आ.व. २०८०/८१ को बजेटका प्राथमिकता सुचिमा कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई व्यापक रुपमा विस्तार गरिने कुरा उल्लेख गरेको छ ।

त्यसै गरि मधेश प्रदेश सरकारले आ.व. २०८०/८१ का लागि ल्याएको बजेटको बुँदा न. १८५ मा मधेश प्रदेश सरकार मातहतको निजामती कर्मचारीहरुको लागि रु.१० लाखको दुर्घटना बीमा गर्ने व्यवस्था गरेको छ । बुँदा नं १८६ मा मधेश प्रदेशका आम जनतालाई विपद जोखिमबाट राहत दिन प्रदेशका प्रत्येक नागरिकहरुको रु.२ लााख बरावरको विपद् जोखिम बीमा गर्ने व्यवस्था मिलाएको छ । जसका कारणले मधेश प्रदेश अन्तर्गतका आठ जिल्लाका करिब ६२ लाख नागरिकहरु विपद जोखिम बीमाबाट लाभान्वित हुने छन् ।

नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले विभिन्न जिल्लामा रहेका करिब २० वटा स्थानिय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुसँग भेटघाट छलफल गरि स्थानिय सरकारहरुले पनि आ.व.२०८०/८१ का लागि निति तथा कार्यक्रम र बजेटमा  बीमा सम्बन्धि विभिन्न विषयबस्तुहरुलाई समावेश गर्न सकिने बुँदाहरुलाई उल्लेख गरि लिखित रुपमा नै सुझाव सहित पेश गरेको छ ।

त्यसै गरि बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले बीमाका सम्बन्धमा आएका गुनासाहरु, समस्याहरु र बीमा व्यवसायमा देखिन सुनिने गरेका वीकृति विसंगती र अस्वस्थ प्रतिस्पर्धाहरुलाई न्यूनिकरण गर्नका लागि प्रदेश कार्यालयले प्रदेश भित्र रहेका विभिन्न जिल्लाका ३१ वटा बिमकका शाखा कार्यालयहरुको स्थलगत निरिक्षण गरि सोको प्रतिवेदनहरु समेत केन्द्रिय कार्यालयमा पठाइसकेको छ ।

प्राधिकरणको मधेश प्रदेश कार्यालयले बार्षिक कार्ययोजना तथा बार्षिक कार्यक्रम बमोजिम नै १४ वटा स्थानिय पालिकाहरुमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मधेश प्रदेशमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताहरुसँगको अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयलका यस्ता गतिविधिहरुलाई हेर्दा प्रदेश कार्यालयको भुमिका र गतिविधिहरुलाई निकै प्रभावकारी देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS