IME Life New

सानिमा जिआइसीको पाँचौ वार्षिक साधारण सभा सम्पन्न, ६ संचालक निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा अमृतभोग कालिकास्थान काठमाडौंमा सम्पन्न गरेको हो । उक्त सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

सभाले साविक सानिमा जनरल इन्स्योरेन्सको लेखापरिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/ ७९ असार मसान्तको वासलात २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान, हिसाव नगद प्रवाह सहित सम्बन्धीत अनुसूचिहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

Esewa
Crest

त्यस्तै, साविक जनरल इन्स्योरेन्सको लेखापरिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ असार मसान्तको वासलात २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान, हिसाव नगद प्रवाह सहित सम्बन्धीत अनुसूचिहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को लागि बाह्य लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले संस्थापक शेयरधनीको तर्फबाट कुनल कयाल, मिता मुरारका अग्रवाल, दिलिप श्रेष्ठ निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रकाश मान श्रेष्ठ, हेमन्त कुमार दवाडी, सरस्वति ज्ञवाली सहित ६ संचालक निर्वाचित गरेको छ ।

सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिमा प्रतिनिधित्व हुने गरी संचालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियम ११ क संशोधन गर्ने, सोही बमोजिम पारित भएको सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन गर्नुपर्ने भएमा सोही अनुरुप संशोधन गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

14%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS