IME Life New

नेपाल पुनर्बीमाले १० महिनामा गर्‍यो रु. १ अर्ब दाबी भुक्तानी, निर्जीवन बीमकको हिस्सा अधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०७९।८० को पहिलाे १० महिनामा १ अर्ब १४ कराेड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेकाे छ। पुनर्बीमकका अनुसार चालू आवको पहिलाे १० महिनामा कूल ११३० वटा दाबी फर्छ्याैट गरिएको छ।

याे रकममध्ये स्वदेशी निर्जीवन बीमा कम्पनीले ९६ कराेड ७ लाख रुपैयाँ भुक्तानी पाएका छन् भने विदेशी निर्जीवन बीमकले ५ कराेड ७ लाख ३२ हजार रुपैयाँ भुक्तानी लगेका छन् । स्वदेशी जीवन बीमकलाई ३०५ वटा दाबीवापत १३ कराेड ६६ लाख ७० हजार रुपैयाँ भुक्तानी गरिएको पुनर्बीमकले जानकारी दिएको छ ।

Esewa
Crest

चालू आवको बैशाख मसान्तसम्मको भुक्तानी गर्नुपर्ने दाबी वापतको रकम ३ अर्ब ६८ कराेड ५५ लाख रुपैयाँ रहेकाे छ। याे रकम अन्तर्गत स्वदेशी जीवन बीमकको ९८ र निर्जीवन बीमककाे १६२८ वटा दाबीवापतको भुक्तानी गर्न बाँकी रहेकाे रकम छ । यसैगरी विदेशी निर्जीवन बीमककाे ९०३ वटा दाबीवापतकाे रकम भुक्तानी गर्न बाँकी रहेकाे छ।

बैशाख महिनामा पुनर्बीमा दाबीवापत बीमा कम्पनीहरुलाई ५ कराेड रुपैयाँ दाबी भुक्तानी गरेकाे छ। सरकारी स्वामित्वको याे पुनर्बीमा कम्पनीले बैशाख महिनामा मात्र १६७ वटा दाबी फर्छ्याैट गरेर भुक्तानी दिएको हाे । यो दाबी भुक्तानीमध्ये सर्वाधिक ४ कराेड ३० लाख ९२ हजार रुपैयाँ स्वदेशी निर्जीवन बीमा कम्पनीले भुक्तानी लिएका छन् । यसैगरी ६५ लाख ८७ हजार रुपैयाँ जीवन बीमा कम्पनीले दाबी भुक्तानी प्राप्त गरेका छन् । दाबी भुक्तानीवापत विदेशी निर्जीवन बीमकलाई ८९ हजार ६७० रुपैयाँ भुक्तानी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS