IME Life New

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटल मार्केटबीच सम्झौता भएको छ । “प्रगतिको आधार कामना सेवासँग कारोवार”भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै निक्षेप सदस्य सम्बन्धी कार्य गर्न क्यापिटल मार्केटसँग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरे ।

Esewa
Crest

सम्झौता अनुसार ग्राहकहरुले देशभरि छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।

हालसम्म बैंकले ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आखएको छ । साथै, समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS