IME Life New

सानिमा जिआइसीले बोलायो पाँचौ वार्षिक साधारण सभा, ६ संचालकको निर्वाचन सहित यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सले आफ्नो पाँचौ वार्षिक साधारण सभा २०८० जेठ ३२ गते गर्ने भएको छ । कम्पनीले उक्त सभा विहान ११ बजे अमृतभोग कालिकास्थान काठमाडौंमा गर्ने जनाएको छ । कम्पनीको जेठ २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आथिृक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साविक सानिमा जनरल इन्स्योरेन्सको लेखापरिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/ ७९ असार मसान्तको वासलात २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान, हिसाव नगद प्रवाह सहित सम्बन्धीत अनुसूचिहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, साविक जनरल इन्स्योरेन्सको लेखापरिक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७८ /७९ असार मसान्तको वासलात २०७८ साउन १ गतेदेखि २०७९ असार ३२ गतेसम्मको नाफा नोक्सान, हिसाव नगद प्रवाह सहित सम्बन्धीत अनुसूचिहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को लागि बाह्य लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले समुह क अन्तर्गत संस्थापक शेयरधनीको तर्फबाट ३ जना, र समुह ख बाट सर्वसाधारण शेयरधनकिो तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम संचालक समितिमा प्रतिनिधित्व हुने गरी संचालक समितिको गठन गर्नका लागि कम्पनीको नियमावलीको नियम ११ क संशोधन गर्ने, सोही बमोजिम पारित भएको सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिका लागि पेश हुँदा नियमनकारी निकायबाट कुनै फेरबदल वा संशोधन गर्नुपर्ने भएमा सोही अनुरुप संशोधन गर्न संचालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ १२ गते शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS