IME Life New

आइजीआई प्रुडेन्सियलको आक्रामक शैली, मर्जरकै दिन टिसर्टमा सजिए सञ्चालकदेखि कर्मचारीसम्म

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वाधिक कम समयमा मर्जर सम्पन्न गरेको आइजीआई प्रुडेन्सियल इन्स्योरन्स कम्पनीले आज भव्य समारोहका विच एकिकृत कारोबारको शुभारम्भ गरेको छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार समारोह अन्य कम्पनीको भन्दा अलि फरक थियो ।

टाइ, सुट, दौरा, सुरुवालमा ठाटिने सञ्चालक तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरु आज भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लेखिएको टिसर्टमा सजिएका थिए । कार्यक्रमलाई संबोधन गर्दै कम्पनीका अध्यक्ष हेम राज ढकालले नेपाल बीमा प्राधिकरणका अध्यक्षलाई इङ्गित गर्दै ‘हामी सधै टाइ सुटमा मात्रै सजिदैनौ । टिसर्ट लगाएर काम गर्ने अभिप्रायका साथ अन स्पट काम गर्न पनि तयार छौ ।’

Esewa
Crest

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले यस भन्दा अगाडीका मर्जर समारोहलाई संबोधन गर्ने क्रममा बीमा कम्पनीका कर्मचारीहरु टाइसुट लगाएर शहरमा मात्रै केन्द्रित भएको भन्दै आरोप लगाउने गरेका थिए । उनले बीमा कम्पनीका कर्मचारीहरुलाई टाइ सुट लगानी गाडी चढेर हिड्दैमा बीमाको दायरा फराकिलो नहुने भन्दै गाँउ गाँउ जानु पर्ने बताएका थिए ।

हरेक मर्जरमा अध्यक्ष सिलवालले यस्तो अभिव्यक्ति दिए पनि आइएमई जनरलका सञ्चालकहरु आज टिसर्ट लगाएर कार्यक्रममा उपस्थित भए । सञ्चालकदेखि उच्च व्यवस्थापन तहका कर्मचारीमात्रै नभएर सम्पुर्ण कर्मचारीहरु नै टिसर्टमा उपस्थित भएका थिए ।

मर्जर समारोहलाई संबोधन गर्दै सूर्य प्रसाद सिलवालले दुई कम्पनीको इमान्दार प्रयास र प्रयत्नबाट मर्जर सम्पन्न भएको भन्दै असम्भव केहि पनि छैन भन्ने कुरालाई प्रमाणित गरेको बताए । मर्जर पछि पनि पुरानै ढर्रामा सञ्चालन हुन खोजियो भने कम्पनीले व्यवसायिक रुपमा सुधार गर्न नसक्ने सिलवालको दाबी छ । उनले भने ‘पुरानो र परम्परागत हिसावले अगाडी बढ्न खोज्यौ भने बीमितलाई खुसि बनाउन सक्दैनौ साथै लगानीकर्तालाई पनि उचित प्रतिफल दिन सक्दैनौ ।’

बजारमा नयाँ किसिमका पोलिसी ल्याउनका लागि अनुसन्धानमा ठुलो खर्च गर्नु पर्ने उनको धारणा रहेको छ । हिजोका दिनसम्म बीमा कम्पनीहरुले खर्च गर्न सक्दैन थिए तर मर्जर पछि कम्पनीको क्षमता बढेको भन्दै उनले नयाँ नयाँ स्किम तथा पोलिसीका लागि अनुसन्धान गर्नु पर्ने बताए ।

उनले सधा झै यस कार्यक्रममा पनि नेपाल सरकारलाई लक्षित गर्दै नीतिगत व्यवस्था नहुँदा बीमाको पहुँच नबढको आरोप लगाए । अर्थतन्त्रलाई सधै मौद्रिक नीति तथा अर्थनीति मार्फत हेरेर नपुग्ने उनको भनाइ छ । आजका दिनमा बीमा क्षेत्र सँग ६ खर्बको लगानी योग्य पूँजी रहेको अवस्था छ । यदि सरकारले नीतिगत रुपमा बीमालाई अनिवार्य गर्ने हो भने बीमा सँग लगानी योग्य पूँजी सजिलै १०/१५ खर्ब रुपैयाँ पुग्ने उनको भनाइ छ । यसका लागि सरकार आफैले आफ्ना सम्पत्तीको बीमा गर्नु पर्ने उनको भनाइ छ ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले कोभिड १९, युक्रेन र रसियाको युद्ध र नेपाल राष्ट्र बैंकको कसिलो मौद्रक व्यवस्थाका कारण अर्थतन्त्रमा समस्या देखिएको बताए ।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एकातिर मर्जर गर्दै जाने अर्को तर्फ नयाँ लाइसेन्स दिने काम हुन नहुने बताएका छन् । सुरुमा संस्थापक समुहका लगानीकर्ताले ७० प्रतिशत राख्ने र पछि ५१ प्रतिशतमा झार्न पाउने व्यवस्थाका कारण पनि लगानीकर्ता आकर्षित भएको भन्दै सुरुमै ५१ प्रतिशत मात्रै हिस्सा हुने गरी नीति आवस्यक पर्ने मल्लको भनाइ छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलले नेपालमा भइरहेको बीमाको मर्जरले विश्वमै उदाहरणीय काम भइरहेको बताएका छन् । मर्जरका लागि राम्रो पक्षलाई अगाडी बढाउने र नराम्रा पक्षलाई छाड्दै जान कम्पनीलाई सुझाव दिएका छन् । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणले ल्याएको मर्जरको नीतिले गर्दा कम्पनीहरुमा सिनर्जी देखिन थालिएको बताए । मर्जर सँगै आइजिआइ प्रुडेन्सिल पूँजीका हिसावले सर्वाधिक ठुलो कम्पनीको  छ। त्यस्तै शाखा सञ्जाल पनि ८२ वटा रहेको छ भने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS