Connect IPS
IME Life

मर्जर पश्चात् कस्तो देखिने छ आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स ? (तथ्याङ्क सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हाल आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स एकीकृत कारोबारको अन्तिम तयारीमा छन् । मर्जर पछि बन्ने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार यही वैशाख २७ गतेदेखि हुने भएको छ । दुवै कम्पनी समान हैसियतमा मर्जरमा गएका हुन् ।

हाल प्रुडेन्सियल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २२ करोड रहेको छ भने आइएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रहेको छ । मर्जर पश्चात् नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड हुने छ । बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड पुँजीको लक्ष्य दिएको छ ।

Prabhu
Crest

दुवै कम्पनीको आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिएको तुलनात्मक अध्ययन :

जगेडा कोष :
प्रुडेन्सियल इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड ५३ लाख रुपैयाँ रहेको छ भने आइएमई जनरल इन्स्योरेन्सको जगेडा कोषमा २४ करोड ७१ लाख रहेको छ । समान हैसियतमा मर्जरमा गएमा दुई कम्पनीको जगेडामा ५१ करोड २४ लाख रुपैयाँ हुने छ ।

बीमा कोष :
प्रुडेन्सियल इन्स्योरेन्सको बीमा कोषमा ७२ करोड ५४ लाख रुपैयाँ रहेको छ भने आइएमई जनरल इन्स्योरेन्सको बीमा कोषमा ६३ करोड २२ लाख रहेको छ । मर्जर पश्चात दुई कम्पनीको बीमा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ हुने छ ।

कुल बीमा शुल्क :
प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १ अर्ब ४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ४२ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । दुई कम्पनीको बीमा शुल्क जोडेर हेर्दा २ अर्ब ४६ करोड हुनेछ ।

खुद नाफा :
प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमाससम्म १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने आइएमई जनरल इन्स्योरेन्सले १७ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

वार्षिक प्रति शेयर आम्दानी :
प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ ९२ पैसा छ भने आइएमई जनरल इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ ८० पैसा छ । मर्जर पश्चात दुई कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा हुन्छ ।

किताबी मूल्य :
प्रुडेन्सियल इन्स्योरेन्सको किताबी मूल्य १८३ रुपैयाँ २७ पैसा छ भने आइएमई जनरल इन्स्योरेन्सको किताबी मूल्य १४८ रुपैयाँ ७५ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको किताबी मूल्य १६२ रुपैयाँ ७२ पैसा हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS