Connect IPS
IME Life

यूनाइटेड इन्स्योरेन्सलाई सिइओ छान्न सकस, तलबको वार्गेनिङ गर्दै पुर्व सिइओदेखि डिसिइओसम्म

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी सँग मर्जरको अन्तिम तयारीमा रहेको यूनाइटेड इन्स्योरेन्स कम्पनी कार्तिकदेखि प्रमुख कार्यकारी अधिकृत बिहिन छ । संस्थागत सुशासन निर्देशिका अनुसार तीन महिना भित्रमा नियुक्त गरिसक्नु पर्छ । तर मर्जरको बहानामा कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतबाटै कम्पनी सञ्चालन गरिरहेको छ ।

अजोड इन्स्योरेन्स कम्पनी सँगको मर्जर पश्चात एकिकृत कारोबार गर्ने अन्तिम चरणमा रहेको कम्पनीले बल्ल प्रमुख कार्यकारी अधिकृत चयनको प्रक्रिया अगाडी बढाएको छ । मर्जर पछि अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीलाई निरन्तरता नदिने संयुक्त मर्जर कमिटीको निर्णय पछि युनाइटेडले प्रमुख कार्यकारी अधिकृत खोज्न सुरु गरेको हो ।

Prabhu
Crest

कुमार खत्रीले निर्जीवन बीमा व्यवसाय, लगानी लगायतका विषयमा लामो हात गरेको आरोप लागे पछि संयुक्त मर्जर कमिटीले निरन्तरता दिन नचाहेको हो । खत्रीले अजोडलाई सुरुवातिदिनदेखिनै हाक्दै आएका थिए । उनि प्रति सञ्चालकहरु पछिल्लो समय सन्तुष्ट छैनन् ।

खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा स्वीकार नगर्ने भए पछि संयुक्त मर्जर कमिटीकै छलफल पछि युनाइटेडले प्रमुख कार्यकारी अधिकृतको प्रकृयाँ अगाडी बढाएको हो । कम्पनीले याक एण्ड एति होटलमा अन्तर्वाता लिइरहेको छ ।

हालसम्म कम्पनीले गुराँस लाइफका पुर्व प्रमुख कार्यकारी अधिकृत नारायण भट्टराई, प्रिमियर इन्स्योरेन्स कम्पनीका पुर्व प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, सानिमा रिलायन्स लाइफका डिसिइओ निराजन कडेल सँग अन्तर्वार्ता लिइकेको छ ।

मर्जर पछि कम्पनीको आकार ठुलो हुने र दुबै कम्पनीको उच्च व्यवस्थापन तहमारहेका कुनै पनि कर्मचारीले प्रमुख कार्यकारी अधिकृत हाक्न नसक्ने सञ्चालकहरुको ठहर छ । याक एण्ड एतिमा मर्जर कमिटीले प्रमुख कार्यकारी अधिकृतमा आवेदन दिनेहरु सँग ५ वर्षको व्यवायिक योजना सुनिरहेको छ ।

बजारमा प्रुडेन्सियलका प्रमुख कार्यकारी अधिकृत एसके रावल, प्राइम लइफका पुर्व प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले समेत अन्तर्वार्ता दिएको चर्चा छ । तर उनिहरुले अन्तर्वार्ता दिएको विषय भने पुष्ठी हुन सकेको छैन ।

कम्पनी स्रोतका अनुसार अहिलेसम्म कम्पनी हाक्न सक्ने र आफुले खोजेजस्तो प्रमुख कार्यकारी पाउन सकिएको छैन । कतिपयले भने तलबमा कुरा नमिलेको भन्दै पछाडी हटेको जनाएका छन् । मर्जर कमिटीका अनुसार कतिपय आवेदकहरुले कम्पनी हाक्न सक्दैनन् कि भन्ने हिसावले अस्वीकार गरिएको जनाएको छ । यसै साता भित्र प्रमुख कार्यकारी अधिकृतको प्रकृयाँ टुङ्ग्याउने कम्पनीको योजना छ ।

स्रोतका अनुसार कम्पनी प्रमुख कार्यकारी अधिकृतको तलब ६ लाख देखि ८ लाख रुपैयाँसम्म प्रस्ताव गरेको छ । यस भन्दा अगाडीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलको मासिक तलब ४ लाख हाराहारी थियो । मर्जर पछि कम्पनी ठुलो हुने भएकाले कम्पनीले ६ लाख भन्दा माथिको प्रस्ताव गरिरहेको छ ।

मर्जर पछि कम्पनीको संख्या घट्नुका साथै प्रमुख कार्यकारी अधिकृतहरु पनि वेरोजगार हुने क्रम बढेको छ । एउटा कम्पनीमा दुई जना प्रमुख कार्यकारी अधिकृत हुन पाइदैन । एक जना डिसिइओमा बस्नु पर्ने हुन्छ । साथै कतिपय कम्पनीले काम गरिरहेका प्रमुख कार्यकारी अधिकृतलाई हटाउने मौका पनि पाएका छन् । काम मन नपरेका प्रमुख कार्यकारी अधिकृत हटाउन मर्जर एकदमै सहि अस्त्र बनेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%

खुसी

9%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

36%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS