Connect IPS
IME Life

संचय काेषले दुर्घटनामा ज्यान गुमाएका संचयकर्ताकाे परिवारलाई दियाे रु. ३६ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ं । कर्मचारी संचय काेषले दुर्घटनामा परी ज्यान गुमाएका संचयकर्ताकाे आश्रित परिवारजनलाई राहतस्वरुप ३६ लाख रुपैयाँ नगद वितरण गरेकाे छ। काेषले १८ जना मृतककाे परिवारलाई जनही २ लाख रुपैयाँकाे दरले कूल ३८ लाख रुपैयाँ वितरण गरेकाे हाे ।

काेषकाे बैशाख ६ गते सम्पन्न ४९४ नम्बर बैठकबाट १२ र ४९५ नम्बर बैठकबाट ६ जना मृतककाे परिवारलाई क्षतिपूर्ती दिने निर्णय गरेकाे हाे ।  स‌ंचयकर्ताकाे हकवालालाई राहतस्वरुप क्षतिपूर्ती रकम वितरण गर्ने निर्णय गरिएकाेमा दुर्घटनामा परेर ज्यान गुमाएकाहरुमध्ये १४ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कार्यरत थिए ।

Prabhu
Crest

यसअघि गत फागुन ३० गते काेषकाे बैठकले दुर्घटनामा परेर मृत्यु भएका २७ जना मृतक स‌ंचयकर्ताकाे हकवालालाई जनही २ लाख रुपैयाँकाे दरले ५४ लाख रुपैयाँ राहत रकम वितरण गर्ने निर्णय गरेकाे थियाे । त्यस अघि पुस २८ गतेकाे बैठककाे निर्णयबाट २६ जना मृतककाे परिवारलाई ५८ लाख रुपैयाँ वितरण गर्ने निर्णय गरेकाे थियाे । काेषका अनुसार मृतक संचयकर्तामध्ये अधिका‌ंशकाे मृत्यु सवारी दुर्घटनामा परेर हुने गरेकाे छ ।

तीन महिनामै रु ७ कराेड वितरण

स‌ंचयकाेषले आर्थिक वर्ष २०७९।८० काे पहिलाे तीन महिनामा स‌ंचयकर्ता र तिनकाे परिवारजनलाई समेत सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार, सुत्केरी स्याहार, दुर्घटना मृत्यु, अपाङतालगायतमा ७ कराेड रुपैयाँ बाँडेकाे छ। कोषले कुल ३ हजार ५ सय १६ सञ्चयकर्ता र तिनकाे हकवालालाई याे रकम वितरण गरेकाे हाे । याे रकममध्ये सञ्चयकर्ता स्वास्थ्योपचार सुविधा अन्तर्गत साधारण रोगतर्फ २८९ सञ्चयकतालाई २ करोड ६१ लाख, घातक रोगका लागि ९५ सञ्चयकर्तालाई १ करोड ५१ लाख प्रदान गरेको छ । त्यसैगरी काेषले सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत २ हजार ८ सय ८५ जनालाई २ करोड ६३ लाख, काजकिरिया अनुदान सुविधा १ सय ९४ जनाका आश्रित परिवारलाई ७७ लाख ६० हजार
र दुर्घटना क्षतिपूर्ति सुविधा अन्तर्गत ५३ जनालाई १ करोड ६ लाख प्रदान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS