IME Life New

मर्जर पछि चैतमा निर्जीवन बीमा कम्पनीको व्यवसायमा आक्रामक सुधार, कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चैत महिनामा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार देखिएको छ । गएको फागुन महिनामा मात्रै २ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गत वर्षको चैत महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको तुनामा यस वर्ष २१ प्रतिशतले बृद्धि देखिएको छ । त्यस्तै चैत महिनासम्मकै कुल बीमा शुल्क आर्जन तर्फ भने ४.५७ प्रतिशतले मात्रै बढेको छ ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अधविमा उनिहरुले २८ अर्ब ७० करोड रुपैयाँ आर्जन गरेका छन् । आगामी असारसम्ममा पनि यहि स्थितिमा बृद्धिदर रह्यो भने यो बृद्धिदर एक दशक यताकै सर्वाधिक कम बृद्धिदर भएको वर्ष बन्नेछ ।

चैत एक महिनामा मात्रै सवैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा १९.५६ प्रतिशत रहेको छ । दोस्रो धेरै बीमा शुल्क हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३८ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । तेस्रो धेरै सगरमाथा लुम्बिनीले ३७ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । यसरी मर्जर पछि पनि बीमा कम्पनीहरुले पहिलो हुँदै आएको सगरमाथालाई टक्कर दिन सकेका छैनन् ।

चौथो स्थानमा रहेको सिद्धार्थ प्रिमियरले ३६ करोड २९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसरी शिखर पछि सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा मर्जर भएका कम्पनीहरु छन् । पाँचौ नम्बरमा रहेको नेकोले २८ करोड ४४ लाख रुपायँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसीको २३ करोड ९८ लाख रुपैयाँ छ ।

बाँकी कम्पनीहरु क्रमश एनएलजी २२ करोड ४३ लाख, आइएमई जनरल २१ करोड ११ लाख, अजोड २० करोड ७७ लाख, राष्ट्रिय बीमा कम्पनी १८ करोड ५६ लाख, युनाइटेड १६ करोड ८४ लाख, प्रुडेन्सियल १४ करोड ९२ लाख, नेपाल इन्स्योरेन्स १४ करोड ७२ लाख, दि ओरिएण्टल १४ करोड २४ लाख, प्रभु १२ करोड ८५ लाख र नेशनलले ११ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS