IME Life New

निर्जीवन बीमाका लागी लुम्बिनी प्रदेश दाेश्राे ठूलाे बजार हुँदा तेश्राेमा कुन प्रदेश?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निर्जीवन बीमा कम्पनीकाे लागी बागमती प्रदेश बाहेकका सात प्रदेशमध्ये काराेबारका हिसाबले लुम्बिनी प्रदेश सबैभन्दा आकर्षक रहेकाे छ। निर्जीवन बीमा कम्पनीकाे कूल व्यापारकाे करिब ९‍‍‍.३४ प्रतिशत हिस्सा लुम्बिनी प्रदेशले नै ओगटेकाे छ।

नेपाल बीमा प्राधिकरणले जारी गरेकाे आवधिक तथ्या‌ंक अनुसार चालू आर्थिक वर्ष २०७८/७९ काे फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले कूल २५ अर्ब ८७ कराेड ३३ लाख ६० हजार रुपैयाँ कूल बीमाशुल्क स‌ंकलन गरेकाेमा लुम्बिनी प्रदेशबाट मात्र २ अर्ब ४१ कराेड ६८ लाख रूपैयाँ संकलन भएकाे छ।

Esewa
Crest

बुटवल, घाेराही, तुलसीपुर र नेपालगंज सहित चारवटा उपमहानगर, देशका ठूला सिमेन्ट उद्याेग सहित ठूला उद्याेगहरुकाे केन्द्र, प्रसिद्ध धार्मिक पर्यटकीय स्थल, अन्तर्राष्ट्रिय विमानस्थलका साथै दुईवटा पाँच तारे हाेटल, मुख्य स्थल भन्सार नाका पूर्वाधार, तुलनात्मकरूपमा उच्च क्रयक्षमताका कारण निर्जीवन बीमा कम्पनीका लागी लुम्बिनी प्रदेश व्यापारकाे दृष्टीकाेणले आकर्षक भूगाेल बनेकाे हाे ।

सवारीसाधनकाे बीमावापत लुम्बिनी प्रदेशबाट मात्र निर्जीवन बीमा कम्पनीहरूले कूल १ अर्ब १७ कराेड ४४ लाख रुपैयाँ बीमाशुल्क कमाएका छन् । याे सवारीसाधनकाे बीमावापत फागुनसम्ममा स‌ंकलित चालू आवकाे बीमाशुल्ककाे आधारमा लुम्बिनी प्रदेशले सवारी साधन बीमामा १३‍.७७ प्रतिशत याेगदान गरेकाे छ।

सात प्रदेशमध्ये निर्जीवन बीमाकाे व्यापारमा काेशी प्रदेशकाे तेश्राे ठूलाे याेगदान छ। समीक्षा अवधिमा काेशी प्रदेशबाट कूल बीमाशुल्ककाे ८.८५ प्रतिशत अर्थात् २ अर्ब २९ कराेड १ लाख रुपैयाँ निर्जीवन बीमाशुल्क निर्जीवन बीमा कम्पनीले स‌ंकलन गरेका छन् ।

कूल व्यापारमा सर्वाधिक ठूलाे हिस्सा ‍ओगटेकाे बागमती प्रदेशले कूल निर्जीवन बीमाशुल्ककाे ६५‍.९२ प्रतिशत याेगदान गरेकाे छ । गत फागुन मसान्तसम्ममा चालू आवमा निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशबाट १७ अर्ब ५ कराेड ८२ लाख रुपैयाँ स‌ंकलन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS