IME Life New

यूनाइटेड र अजोड इन्स्योरेन्सले बोलाए विशेष साधारण सभा, यस्ता छन् ९ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गर्न छुटा छुट्टै साधारण सभा डाकेका छन् । अजोड इन्स्योरेन्स कम्पनीले बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार बैशाख २५ गते साधारण सभा गर्ने जनाएको छ । उक्त सभा यूनाइटेड वल्र्ड ट्रेड सेन्टर अमन हल तेस्रो तल्लामा विहान ११ बजे गर्ने जनाएको छ । त्यस्तै, यूनाइटेड इन्स्योरेन्सको पनि सोही दिन अनमोल ब्यांक्युट, शंखमुल, काठमाडौंमा विहान ११ बजे गर्ने जनाएको छ ।

सभाले अजोड र यूनाइटेड इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने, गाभिने र मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ । यी दुई कम्पनी गाभिएपछि बन्ने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड कायम हुनेगरी सो नामबाट एकिकृत कारोबार गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, यी दुई कम्पनी एक आपसमा गाभिने प्रयोजनका लागि मुल्याङकनकर्ता एसआर पाण्डे एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनद्धारा तयार गरिएको अजोड र यूनाइटेडको चल अचल सम्पत्ती तथा कारोबार मुल्याङकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२.५०ः१०० कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, यी दुई कम्पनीले एक आपसमा गाभ्ने गाभिने प्रस्ताव सम्बन्धी भएको सहमति अनुसार अन्तिम सम्झौता तथा अन्य भए गरेका सम्म्झौताहरु लगायत अनुमोदन गर्नेछ । सभामा एक आपसमा गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मल्याइन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षण गर्न तयार गरेको मुल्याङकनकर्ताको नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

यी दुई कम्पनी एक आपसमा संग गाभिने तथा प्राप्ति सम्बन्धित प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम विवरणहरु उपलब्ध गराउने लगायतका कम्पनी गाभ्ने गाभिने सम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुनेछ ।

यी दुई कम्पनी एक आपसमा गाभिएपछि बन्ने कम्पनीमा गठन हुने संचालक समितिमा दुबै कम्पनीको तर्फबाट प्रतिनिधीहरु तोक्ने अधिकार संचालक समितिलाई दिने लगायतका मर्जर पछिका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यसैगरी उपरोक्त प्रस्तावहरुको सम्बन्धमा सम्बन्धित नियामक निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न गराउन तथा अभिलेख गर्दा गराउदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणीत गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत संचालक समितिलाई अख्तियार दिने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS