Connect IPS
IME Life

महासंघ अध्यक्ष ढकालले सम्हाले पदभार, सचिवालयका कर्मचारीहरुलाई संवोधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभाबाट महासंघको अध्यक्षको पदभार सम्हालेका अध्यक्ष चन्द्र प्रसाद ढकालले आज विहान महासंघ सचिवालयमा अध्यक्षको पदबहाली गरेका हुन् । पद बहाली गर्दै अध्यक्ष ढकालले महासंघ सचिवालयमा मेलमिलाप केन्द्र संचालन गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

पद वहाली पश्चात अध्यक्ष ढकालले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरुको मनोवल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने आफ्ना प्रमुख प्राथमिकता रहेकाले सोही अनुसार आफू र टिमले काम गर्ने बताए ।

Prabhu
Crest

सानो व्यवसायबाट व्यवसायमा हाम फालेको मानिस आज सिंगो निजी क्षेत्रको नेतृत्वदायी पदमा पुग्दा आफूलाई गर्व लागेको भन्दै यसले महासंघ साना ठूला सवैको साझा संस्था भएको प्रमाणित गरेको बताए ।

पद वहाली पश्चात अध्यक्ष ढकालले सचिवालयका कर्मचारीहरुलाई संवोधन गरेका छन् । महासंघ सचिवालय र महासंघ अन्तरगतका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष ढकालले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका हुने हुँदा सचिवालयबाट सोही अनुसारको सहयोगको अपेक्षा आफुले गरेको बताए ।

निर्वाचित टिम र सचिवालय एकै स्वर र लक्ष्यकासाथ हिड्न सकेमात्र महासंघले उचाई लिने हुंदा सिंगो कर्मचारी परिवारलाई इमान्दारिता र प्रतिवद्धताका साथ सहयोग गर्न आग्रह गरे ।

कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशकारूपमा संचालन गर्ने उनले स्पष्ट पारे । निर्देशनको क्रममा अध्यक्ष ढकालले भने, ‘मैले यस अघि पनि तपाईहरूबाट निरन्तर सहयोग पाउंदै आएको र अध्यक्षको कार्यकालमा पनि सोही अनुसारले पाउने अपेक्षा गरेको छु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।’

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले आफ्नो कार्यकालमा सचिवालयबाट पाएको सहयोगका लागि दिएका थिए । साथै उनले अध्यक्ष ढकाललाई आफ्नो पूर्ण सहयोग रहने विश्वास दिलाउंदै उद्योग व्यवसाय क्षेत्रमा उहांको लामो अनुभवले महासंघलाई नयां उचाईमा लैजाने विश्वास व्यक्त गरे ।

त्यसअघि अध्यक्ष ढकाल महासंघ सचिवालयमा आउनुहुँदा महासंघ सचिवालय प्रमुख महानिर्देशक गोकर्णराज अवस्थीको नेतृत्वमा कर्मचारीहरुले स्वागत गरेका थिए ।

आजै मुख्य निर्वाचन अधिकृत लीलामणी पौडेलले निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरुलाई प्रमाणपत्र वितरण सहित बधाई दिए । तत्पश्चात अध्यक्ष ढकालले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कार्यकारिणी समिति सदस्यहरुलाई सपथग्रहण गराए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS