IME Life New

कृषि बीमालाई व्यवस्थित गर्नका लागी ‘किसान बीमा’ सफ्टवेयर प्रयाेगमा ल्याउँदै प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले कृषि बीमाकाे तथ्या‌ंकलाई व्यवस्थित गर्नका लागी किसान बीमा प्रणाली नामक सफ्टवेयर प्रयाेगमा ल्याउने भएकाे छ। कृषि, पशुपंक्षी तथा जडीबुटी बीमा सम्बन्धी तथ्या‌ंकमा विश्वसनीयता कायम हुन नसकेपछि  प्राधिकरणले सफ्टवेयर प्रयाेगमा ल्याउन लागेकाे हाे ।

कृषि,  पशुपंक्षी बीमा सम्बन्धमा बीमकबाट प्राप्त तथ्यांककाे आधारमा प्राधिकरणले जारी गरेकाे तथ्यांकमा समेत त्रुटी देखिएकाे छ ।प्राधिकरणले अन्य बीमा सेवा झैं वास्तविक समयमै काराेबार विवरण प्रविष्ट गरेर तथ्यांक संकलन, भण्डारण र प्रशाेधन गर्न सकिने विशेषता सहितकाे विशिष्टीकृत सफ्टवेयर प्रयाेगमा ल्याउने तयारी गरेकाे हाे ।

Esewa
Crest

प्राधिकरणकाे आवश्यकता अनुसारकाे तथ्यांक संकलन, भण्डारण र प्रशाेधन गर्न सक्ने सफ्टवेयर उत्पादनका लागी प्राधिकरणले ईच्छुक सूचनाप्रविधि कम्पनीहरूसँग सार्वजनिक सूचनामार्फत् शिलबन्दी प्रस्ताव माग गरेकाे छ। आगामी बैशाख २० गते मध्यान्ह १२ बजेभित्र कार्यालयमा वा नेपाल सरकारकाे विद्युतीय बाेलपत्र प्रणालीमार्फत् प्रस्ताव पेश गर्नका लागी प्राधिकरणले अनुराेध गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS