काठमाडौं । एनएलजी इन्स्योरेन्सले १७औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। उक्त सभा काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा सम्पन्न भएको हो । कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । साधारण सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट बृद्धि गरी ३ अर्ब पुयाउने प्रस्ताव अनुमोदन गरेको छ ।
यस सभामा प्रस्तावित बोनश शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी बृद्धि भई १,४५,९२,७५,७९१ पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा तथा नियमावलीमा नियममा संशोधन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियूक्ती अनुमोदन गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा कम्पनकिो कुल बीमा शुल्क आम्दानी २ अर्ब ३६ करोड, खुद बीमा शुल्क आम्दानी ६७ करोड ०४ लाख, खुद नाफा २३ करोड ८६ लाख आ.व. २०७८/७९ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७७/०७८ कोे तुलनामा ११.३६ प्रतिशतले बृद्धि भई, रु.२ अर्ब ३६ करोड बीमा शुल्क आर्जन गरेको छ र यसका मुख्य मुख्य पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् ।
आ.व. २०७८/०७९ मा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी गत आ.व. २०७७/०७८ कोे तुलनामा २६.१४ प्रतिशतले बृद्धि भई, रु. ३८ करोड ४० लाख पुनर्बीमा कमिशन आम्दानी आर्जन गरेको छ ।