काठमाण्डाै । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले दैनिक ८ रूपैयाँ बीमाशुल्कमा १० लाख रूपैयाँकाे दुर्घटना बीमा सुविधा उपलब्ध गराई रहेकाे छ। सलिकाे आराेग्य हेल्थ बीमा याेजना अन्तर्गत सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले दैनिक ८ रुपैयाँ २१ पैसा बीमाशुल्क भुक्तानीमा दुर्घटना बीमावापत रु १० लाखकाे साथै स्वास्थ्य बीमावापत रु २ लाख र घातक राेगकाे उपचारका लागी थप २ लाख रुपैयाँ क्षतिपूर्ती पाउने सुविधा प्रदान गरिरहेकाे हाे ।
सगरमाथा लुम्बिनी इन्स्याेरेन्का अनुसार आराेग्य हेल्थ बीमा याेजना अन्तर्गत समूह ख राेज्ने बीमितले दैनिक ८ रुपैयाँ २१ पैसाकाे दरले एकमुष्ठ रु ३ हजार रुपैयाँ भुक्तानी गरेर यी सुविधाकाे लाभ लिन सक्नेछन् ।
आराेग्य हेल्थ बीमा याेजनाकाे समूह क अन्तर्गत दैनिक ४ रूपैयाँ ३८ पैसाकाे दरले वार्षिक एकमुष्ठ रू १ हजार ६ सय भुक्तानी गरेर अन्तर्गत बीमितले रू ७ लाखकाे दुर्घटना बीमा, रू १ लाखकाे स्वास्थ्य उपचार बीमा र थप रू १ लाखकाे घातक राेग उपचारकाे सुविधा पाउनेछन् ।
यसैगरी दैनिक २२ रूपैयाँका दरले एकमुष्ठ एक वर्षकाे ८ हजार रूपैयाँ भुक्तानी गरेर बीमितले समूह ग अन्तर्गतकाे बीमा याेजना सुविधा राेज्न सक्नेछन् । याे याेजनामा बीमितले रू १० लाखकाे दुर्घटना बीमा, रू ५ लाखकाे स्वास्थ्य उपचार बीमा र थप रू १० लाखकाे घातक राेग उपचारकाे सुविधा पाउनेछन् ।
सीमित आम्दानी हुने वर्ग र संस्थागत ग्राहकहरूकाे कर्मचारी, मजदुर वा शिक्षण संस्थाका विद्यार्थीलाई लक्षित गरेर याे बीमा याेजना लागू गरिएकाे हाे ।