IME Life New

पाँच वर्षमा पाँच हाेटल बनाउने घाेषणा गरेकाे चाैधरी हाेल्डिङ्सकाे तीनवटा हाेटल अलपत्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । ‘पाँच वर्षमा पाँच हाेटल’ काे नारा सहित पर्यटन क्षेत्रमा पाँच अर्ब रुपैयाँ लगानी खन्याउने उद्घाेष गरेका चाैधरी समूहका अरुण चाैधरीकाे तीनवटा हाेटल परियाेजना अलपत्र परेकाे छ।

ललितपुरकाे झम्सीखेलमा पुलचाेक नजिकै चाैधरी समूहकै कार्यालय रहेकाे जग्गामा नाै राेपनीमा पाँच तारे हाेटल र त्रिपुरेश्वरमा अध्यागमन विभागकाे कार्यालयकाे अघिल्तिर चार तारे हाेटल खाेल्ने याेजना सहित २०१८ मै शुरु भएकाे निर्माण कार्य अधुरै अवस्थामा छ। बाँकी काम सक्नका लागी निर्माण कार्यलाई निरन्तरता दिने कुनै सुरसार छैन । पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै २०२० देखि नै हाेटल संचालनमा ल्याउने याेजना भएपनि निर्माण कार्य नै अलपत्र अवस्थामा रहेकाे छ।

Esewa
Crest

चाैधरी हाेल्डिङ्सका प्रबन्ध निर्देशक अरूण चाैधरीले सन् २०१६ मै पाँच वर्षभित्र पाँचवटा हाेटल संचालनमा ल्याएर आफ्नाे सबै हाेटलमा कूल पाँच सय काेठा खडा गर्ने घाेषणा गरेका थिए ।

त्रिपुरेश्वरस्थित राहदानी विभागकाे सामुन्ने अलपत्र बिजनेश हाेटल

झम्सीखेलमा ३ अर्ब रुपैयाँकाे लागनीमा २०० काेठाकाे पाँच तारे हाेटलकाे याेजना रहेकाे थियाे । त्रिपुरेश्वरस्थित राहदानी विभागकाे सामुन्ने १ सय २५ काेठाकाे बिजनेश हाेटल संचालन गर्ने घाेषणा गरिएकाे थियाे । सन् २०२० मै हाेटल संचालनमा आइसक्ने घाेषणा गरिए पनि अलपत्र रहेकाे छ। यसबाहेक पर्यटकीय नगरी पाेखराकाे सराङकाेटमा समेत ८० काेठाकाे हाेटल निर्माण कार्य अधुरै छ।

झम्सीखेलमा निर्माणाधीन पाँच तारे हाेटलकाे अघिल्तिरसँगै निर्माण कार्य शुरू गरिएकाे पुल्चाेक स्क्वायर व्यापारिक भवन भने पूर्ण स‌ंचालनमा आइ सकेकाे छ।

ललितपुरकाे पुलचाेक नजिकै अवस्थित सिजी हाेल्डिङ्सकाे मुख्यालय र पाँचतारे हाेटल निर्माणस्थल

काेराेना महामारीका कारण पर्यटन वर्ष २०२० असफल भएपछि पर्यटन व्यवसायमा भएकाे लगानी बिस्तार स‌ंकुचित हुँदै गयाे । केही व्यवसायीले नयाँ परियाेजना बन्द गरे । केहीले हाेटल बेचेर लगानी झिके । काेराेना महामारीकाे संकटबाट बाहिरिन नपाउँदै रूस र युक्रेनबीचकाे यूद्धका कारण विश्वभर फैलिएकाे महँगीसँगै मन्दीकाे प्रभावले अहिले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अभाव छ। ऋणकाे ब्याज दर दाेहाेराे अंकमा पुगेकाे छ।

अरुण चाैधरी प्रबन्ध निर्देशक रहेकाे सिजी हाेल्डिङ्सले चितवनमा टाइगर ल्याण्ड हाेटलकाे स्वामित्व खरिद गरेर पर्यटन व्यवसायमा प्रवेश गरेकाे थियाे । याे समूहले बुढानिलकण्ठमा मिराकी वेलनेस रिसाेर्ट संचालन गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

29%
sad

दु :खी

29%
amazed

अचम्मित

0%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS