IME Life New

सामाजिक सुरक्षा कोषको नयाँ योजना, विदेशमा भएका र स्वरोजगारले पनि सहभागी हुन पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषले नयाँ योजना शुभारम्भ गरेको छ । कोषले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकदेखि स्वदेश तथा विदेशमा स्वरोजगार रहेका नागरिक पनि सहभागी हुन पाउने योजना सार्वजनिक गरेको हो । उक्त योजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।

विशेषत वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिकलाई यस कोषमा आवद्ध गराउन सके श्रमिकका साथै परिवारकै भविष्य सुनिश्चित हुने भएकोले यस योजना अघि बढाइएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रधानमन्त्री प्रचण्डले सरकारी कार्यालयमा करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीलाई समेत आवद्ध गराउन आफू लागि परिरहेको बताए । साथै देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्र्याउने नेपाली श्रमिकका लागि नयाँ नयाँ गन्तव्य र रोजगारीको खोजी समेत गर्ने प्रतिवद्धता व्यक्त गरे । श्रम सम्झौता भएका देशमा सम्झौता अनुरुप नियम लागू गर्न र सम्झौता नभएका देशमा छिट्टै सम्झौता गर्ने उनले बताए ।

Esewa
Crest

आफू र आफ्नो सरकार जनतामुखि सेवा दिन तत्पर रहेको हुँदा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई दुख दिने तथा ठग्ने प्रवृत्तिलाई नियन्त्रण गर्न समेत उनले निर्देशन दिए ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्यले मातृभूमिमा लगानीको अवसर, स्वरोजगार उत्पादनको संवाहक बन्न आफू र आफ्नो संस्था तयार रहेको बताए । वैदेशिक रोजगारीमा करिब ४० लाख नेपाली श्रमिक रहेकोमा ५० प्रतिशतलाई मात्रै पनि यस कोषमा आवद्ध गराउन सके देशले १ खर्बभन्दा बढीको पूँजी संकलन गरि सुरक्षित रुपमा लगानी गर्न सकिने बताए । त्यस्तै अर्का अध्यक्ष रबिना थापाले भने महिला श्रमिकको वेतन पुरुषको दाँजोमा कम हुने भएको हुँदा कोषमा जम्मा गर्ने रकममा केहि हेरविचार गर्नुपर्ने बताइन् ।

कोषले यस योजना अन्तर्गत विभिन्न सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । यस कोषमा अवद्ध भई नियमित रुपमा रकम जम्मा गर्ने योगदानकर्ताले घर कर्जा सुविधा अन्तर्गत ७५ लाख रुपैयाँ वा १५ वर्षको तलव बराबरको रकम सापटि लिन सक्ने व्यवस्था रहेको छ । साथै शैक्षिक कर्जा अन्तर्गत ३५ लाख रुपैयाँ, सामाजिक कार्य सापटि सुविधा ५ लाख रुपैयाँ र योगदानकर्ताको अवकाश सुविधामा जम्मा भएको ८० प्रतिशत रकम सापटी लिन सकिने व्यवस्था रहेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएपछि योगदानकर्ताले विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन् । जसमध्ये औषधि उपचार, स्वास्य तथा मातृत्व सुरक्षा योजना रहेको छ । यस योजना अन्तर्गत योगदानकर्ता र नीजको पति वा पत्नीको औषधि उपचार, मातृत्व सुविधा र विदाको तलब तथा शिशु स्याहार खर्च प्राप्त हुन्छ । योगदानकर्तालाई बीरामी बिदाको तलब साथै घातक रोगको उपचार खर्च समेत प्राप्त हुन्छ ।

यस योजनामा आवद्ध योगदानकर्ताले रोजगारीजन्य दुर्घटनामा परेमा उपचारको सम्पूर्ण खर्च, व्यवसायजन्य रोग लागेमा सम्पूर्ण खर्च प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । साथै गैर रोजगारी दुर्घटनामा परेमा ७ लाखसम्मको उपचार खर्च र ६० प्रतिशत असक्तता पेन्सनको व्यवस्था रहेको छ ।

यससँगै योगदानकर्ताले बृद्धिअवस्थामा ससुरक्षा योजनामा जम्मा भएको रकमले एकमुष्ठ फिर्ता प्राप्त गर्ने व्यवस्था रहेको छ भने किरिया खर्च आश्रित श्रीमान् वा श्रीमती अथवा वुवा आमालाई आजीवन पेन्सनको व्यवस्था रहेको छ । यस योजना योगदानकर्ताको सन्ततीले अन्तर्गत २१ वर्षसम्म शैक्षिक वृद्धि प्रप्त गर्न सक्छन् ।

साथै अवकाश सुविधा अन्तर्गत ८।३३ प्रतिशत र थप रकम जम्मा हुने, पेन्सन सुविधा २० प्रतिशत जम्मा हुने र अवकाश सुविधा अवकाश हुँदा र पेन्सन सुविधा निवृत्तिभरण समेत प्राप्त गर्न सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS