IME Life New

उत्पादनमा आधारित खाद्यान्न बीमालेख जारी, २ लाखको दुर्घटना बीमा : यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उत्पादनमा आधारित खाद्यान्न बीमालेख जारी गरेको छ । यस बीमालेखले खाद्यान्न बालीहरु धान, मकै, गहुँ, जौ र कोदोमा हुने क्षतिको रक्षावरण गर्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

बीमितहरुले खाद्यान्नमा आगलागी, हुरीवतास, आँधिवेहरी, तुफान, अतिवृष्टि, वेमौसमी वर्षा, असिना, हिउ, वाढी वा डुबान, खडेरी, तुसारो, भुकम्प, पहिरो, चट्याङ्, रोग, किरा, जंगली जनावरको आक्रमण लगायतका कारणले पुर्याएको क्षतिको क्षतिपुर्ती पाउने छन् ।

Esewa
Crest

अतिरिक्त सुविधा अन्तर्गत बीमितले २ लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा पनि प्राप्त गर्नेछन् । जसमा यदि बीमितको दुर्घटनाको कारणले मृत्यु भएमा, ठिक नहुने रोग लागेमा, अंगभङ्ग भएमा यस्तो सुविधा प्राप्त गर्ने छन् ।

बीमितिले आफु नजिकको बीमा कार्यालयमा सम्पर्क गरेर तोकिएको आवेदन भरि बीमालेख खरिदका लागि आवेदन दिन सक्ने छन् । बीमितले आवेदन दिए पछि बीमा कम्पनीले प्राविधिक मार्फत चेक जाँच गर्नु पर्ने हुन्छ । बीमितले यस बीमालेखबाट बीमा गरिएको खाद्यान्न बालीको पुरा वा केहि अंश अर्को कुनै पनि बीमालेखद्धारा बीमा गर्न पाउने छैन । कुनै कारणवश बीमा गरिएको रहेछ भने कुनै कारणले क्षतिपुर्ती भुक्तानी गर्नु परेमा समानुपातिक रुपमा प्रदान गर्नेछ ।

खाद्यान्न बाली बीमालेख जारी गर्दा घण्टा र मिनेट समेत खुल्ने गरी समय उल्लेख गर्नुपर्नेछ । बीमालेख जारी भएको मिति र जोखिम प्रारम्भ भएको मितिफरक हुने गरी बीमालेख जारी गर्न पाइने छैन । बीमालेख जारी गर्नुपुर्व बीमा गरिएको वस्तु समेटिएको विभिन्न कोणवाट खिचिएको कम्तीमा पाँच वटा स्थिर फोटो र कम्तिमा एक मिनेटको भिडियो क्लिप प्रस्ताव फारमसँगै राख्नु पर्नेछ । एकै क्षेत्रफलमा लगाइएको खाद्यान्न वालीको आंशिक रुपमा बीमा गर्न पाइने छैन ।

बीमाङ्क निर्धारण गर्दा खाद्यान्न वालीको उत्पादनको आधारमा बीमा गर्नुपर्ने हुन्छ । यसै अनुसार धान, मकै र गहुँ वालीको हकमा बीमाङ्कको ५ प्रतिशत र जौ र कोदो वालिको हकमा बीमाङ्कको तीन प्रतिशतका दरले बीमा शुल्क निर्धारण हुनेछ ।

बीमाङ्क निर्धारण गर्दा खाद्यान्न बाली लगाएको क्षेत्रफल, जिल्लाको उत्पादकत्व र खाद्यान्न वालीको न्युनतम समर्थन मूल्यलाई गुणन गरिन्छ । बीमालेख जारी भइसकेक पछि बीमाङ्क रकम परिवर्तन गर्न पाइने छैन । खाद्यान्न वालीको सामुहिक बीमा गर्ने सुविधा पनि रहेको छ । बीमितले प्राप्त गर्ने अनुदान बाहेकको रकम बैंक खातामा जम्मा नभएसम्म बीमा पोलिसी जारी भएको मानिने छैन ।

खाद्यान्न-बाली-बीमालेख-2079.11.18-Fianl

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS