IME Life New

आइएमई जनरल र प्रुडेन्सियल बीच भयो मर्जरको अन्तिम सम्झौता बन्ने भयो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष  हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष  विशाल अग्रवालले हस्ताक्षर गरेका छन्  ।

उक्त कार्यक्रममा प्रमख अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालज्यू तथा अतिथिको रुपमा नेपाल बीमा प्राधिकरणका उच्च व्यवस्थापन तहका पधादिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

Crest

नेपाल बीमा प्राधिकरणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढ्दै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भई दीर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सहमति सहित अन्तिम सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिने र  दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए प्रतिबेदनको आधारमा  आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात स्वाप रेसियो  क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष  सुर्यप्रसाद सिलवालज्यूले दुवै संचालक समितिका अध्यक्ष, संचालक तथा संयुक्त मर्जर समितिका सदस्यलाई धन्यवाद दिएका छन्  । साथै,  सिलवालले दुवै उत्कृष्ठ व्यावसायिक घरानाका व्यक्तिहरुको संलग्नता रहेको हुँदा मर्जर पछि यो कम्पनी उत्कृष्ट बीमा कम्पनी हुने बिश्वाश लिएका छन्  ।

उक्त अवसरमा कार्यक्रमका अध्यक्ष तथा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष  हेमराज ढकालज्यू तथा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष  विशाल अग्रवालले दुवै कम्पनी मर्जर पश्चात पूँजीको हिसाबमा ठूलो बीमा कम्पनी बन्ने र व्यवसायको रुपमा पनि उत्कृष्ठ बीमा कम्पनी बन्ने छ भनी देशको सातै प्रदेशमा रहेको ८२ वटा शाखा मार्फत सेवा प्रदान गर्ने गरी हाम्रा सहकर्मी साथीहरुबाट उत्कृष्ठ सेवा प्रदान गरी एक नमूना बीमा कम्पनीको रुपमा यो कम्पनी रहने  उपस्थित सबैलाई जानकारी गराए  ।

आइएमई ग्रुप र विशाल ग्रुप बीच याे पहिलाे साझेदारी भने हुने छैन। यी दुबै व्यापारिक गृहकाे इमर्जिङ नेपाल लिमिटेड, रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड लगायतका कम्पनीमा संयुक्त लगानी रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS