Connect IPS
IME Life

दिगो आर्थिक विकासमा जोड दिँदै दक्षिण एशियाली अर्थशास्त्र विद्यार्थीको १८औं भेला सुरु

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । १८औं संस्करणको दक्षिण एशियाली अर्थशास्त्र विद्यार्थी भेला (सेइज्म) राजधानीमा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको आयोजना तथा नेपाल अर्थिक संघको संयुक्त आयोजनामा स्नातक तहमा अध्ययनरत विद्यार्थीको ५ दिने भेला सुरु भएको हो ।

Prabhu
Crest

मार्च १७ तारिखसम्म चेल्ने भेलामा दक्षिण एशियाका ७ देशका ३ सय विद्यार्थी तथा प्राध्यापक सहभागी छन् । यो सेइज्मको १८ औं संस्करण हो जसको मुल नारा ‘लचिलो दक्षिण एशियाली अर्थतन्त्रतर्फ’ रहेको छ । । सन् २००४ देखि यस्तो भेला आयोजना हुन थालेको हो ।

सेइज्मले विद्यार्थीलाई सञ्जाल निर्माणमार्फत् सिप र ज्ञान सिक्ने अवसर प्रदान गर्दछ । सेइज्म हरेक वर्ष आयोजना हुँदै आएको छ । यसअघि सन् २०१२ र २०१७ र २०२० मा पनि नेपालमा आयोजना भएको भेला यहाँ चौथोपल्ट आयोजना गरिएको हो ।

सेइज्म दक्षिण एशियाका विभिन्न विश्वविद्यालयमा स्नातक अध्ययन गरिरहेका विद्यार्थीलाई यस क्षेत्रको आर्थिक विषयमा ज्ञान हासिल गर्न सघाउने खुला मञ्च हो । सेइज्मले सहभागी विद्यार्थीलाई साँघुरिँदै गएको क्षेत्रीय सहकार्य र क्षेत्रीय आर्थिक सहयोगका लागि बाधा बन्दै गएको अल्पकालीन राजनीतिका बारेमा बुझ्ने अवसर सिर्जना गर्दछ ।

दक्षिण एसियाका प्रमुख विश्वविद्यालयका पाठ्यक्रममा क्षेत्रीय मुद्दालाई कम जोड दिने गरेको पाइएको छ । यही अन्तरलाई भेलाले परिपूर्ति गर्न सहयोग गर्ने आयोजक तथा त्रिवि अर्थशास्त्र कन्द्रीय विभाग प्रमुख प्रा।डा। शिवराज अधिकारी बताउँछन् । भविष्यमा अर्थविद वा नीतिर्माता बन्ने सम्भावना बोकेका विद्यार्थीका लागि क्षेत्रीय ज्ञान बटुल्न तथा बौद्धिक र राजनीतिक नेतृत्वलाई चिन्ने अवसर प्रदान गर्ने सेइज्म शक्तिशाली प्लेटफर्म हो ।

यसका अतिरिक्त सेइज्मले विश्वविद्यालय तथा आंगिक कलेजमा विद्यार्थी र शिक्षकको एक्स्चेन्ज, समर स्कूलको आयोजना तथा अर्थविद्सँग अन्तरक्रिया आयोजना गरी उच्च शिक्षाको प्रवद्र्धधन र सहजीकरण गर्दछ । सेइज्मले स्नातक तहमा अध्ययनरत विद्यार्थीका लेखलाई इ–जर्नल तथा न्युजलेटरमा प्रकाशन गरेर सूचना तथा ज्ञान प्रभावमा सघाउने पनि गर्दछ ।

१८ औं सेइज्ममा नेपालबाट २ सय र अन्य दक्षिण एशियाली मुलुकबाट १ सय विद्यार्थीको सहभागिता रहेको प्रा.डा. अधिकारीले बताए । सेइज्मको गभर्निङ काउन्सिलले संस्था सञ्चालनको गति प्रदान संस्था सञ्चालनको गति प्रदान गर्दछ ।

गभर्निङ काउन्सिलको अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेल हुन् । प्रधापक प्याकुर्यालले हाम्रा अगाडी आउने बाधाहरूलाई तोड्ने र सहकार्य र समझदारीको पुल निर्माण गर्ने बेला आएको छ उने भने । हामीले हाम्रो आर्थिक सम्बन्धलाई बलियो बनाउन, व्यापार र लगानी प्रवर्द्धन गर्न र हाम्रा जनताको समृद्धिको अवसर सिर्जना गर्न आवश्यक छ। हामीले यस क्षेत्रको शान्ति र स्थायित्वका लागि पनि काम गर्नुपर्छ, वार्ताबाट हाम्रा विवादहरू समाधान गर्नुपर्छ र आशा र प्रगतिको भविष्य निर्माण गर्नुपर्छ उनले भने ।

१८ संस्करणको औपचारिक कार्यक्रम सोमबार सुरु भएको हो । सोमबारको उद्घाटन समारोह पछि ‘लचिलो दक्षिण एशियाली अर्थतन्त्रतर्फ’ नाममको प्यानल छलफल भएको थियो । प्यानल छलफलको सहजीकरण नेपाल आर्थिक संघका महासचिव डा. गोपाल तिवारीले गरेका थिए । सोमबारै थप एक प्यानल छलफल आयोजना भएको थियो ।

मंगलबार समानान्तर रुपमा कार्यपत्र प्रस्तुतीको कार्यक्रम रहेको छ । भेलामा सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरुप मौखिक प्रस्तुती र लिखित कार्यपत्रका आधारमा मुल्यांकन गरिन्छ । उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिन्छ ।

प्राध्यापक तथा विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने इच्छा राखेर आवेदन दिएको आधारमा छनोट हुने गरेका छन् । दक्षिण एशियाका ७ देशका विश्वविद्यालयको समन्वयमा भेला आयोजना भएको हो । भेलामा दक्षिण एशियाको अर्थतन्त्र लचिलो बनाउने उपायबारे विद्यार्थी र प्राज्ञिक वर्गमा छलफल भइरहेको प्रा.डा अधिकारीले बताए ।

‘हाम्रो क्षेत्रीय अर्थतन्त्र जहिल्यै पनि अप्ठेरोमा पर्न सक्छ । तर, हरेक देश एकअर्काको परिपुरक बन्न सकुन् भन्ने हिसाबले छलफल गरिरहेका छौं,’ उनले भने । सीधै नीति निर्माणमा सघाउने भन्दा सहभागीमा अनुभव आदानप्रदान भेलाको प्रमुख उद्देश्य रहेको प्रा।डा। अधिकारीले सुनाए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS