Connect IPS
IME Life

नेपालको पहिलो ज्वाइन्ट भेञ्चर सगरमाथा इन्स्योरेन्स नयाँ मोडमा, २७ वर्षमा १ अर्ब ५४ करोडको बोनस शेयर वितरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमित र शेयरधनीलाई सर्वाधिक प्रतिफल दिदै आएको नेपालको एकमात्र र पहिलो ज्वाइन्ट भेञ्चर बीमा कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीले अझै बृहत रुप लिदै लुम्बिनी जनरल सँग संयुक्त कारोबारको शुभारम्भ गरेको छ । दुई कम्पनी विच १०० बराबर ८० रुपैयाँको अनुपातमा मर्जर भएका हुन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले २७ वर्षको यात्रामा शेयरधनीहरुलाई कर प्रयोजनका लागि वितरण गरिएको लाभांश बाहेक १ अर्ब ५४ करोड रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको छ ।

Prabhu
Crest

आज भन्दा २७ वर्ष अगाडी श्रीलङ्काको सलिको इन्स्योरेन्स पि.एल.सीलाई ज्वाइन्ट भेञ्चरको रुपमा भित्र्याइएको थियो । सलिकोको प्रारम्भिक लगानी एक करोड २ लाख थियो । प्रारम्भिक रुपमा सलिकोको एक करोड २ लाख र नेपाली संस्थापकहरुको २ करोड ४ लाख सहित तीन करोड ६ लाख रुपैयाँ थियो । पछिल्लो बोनस शेयर वितरण पछि सलिकोको पूँजी ५२ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ९६ लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गरेको थियो । प्रारम्भिक लगानी पछि सगरमाथाले शेयरधनीहरु सँग हकप्रद मार्फत २ करोड ३५ लाख रुपैयाँ उठायो । आज भन्दा २७ वर्ष अगाडी तीन करोड ६ लाख रुपैयाँमा स्थापित सरमाथाको चुक्ता पूँजी मर्जर अगाडीसम्म १ अर्ब ६२ करोड थियो । कम्पनीले शेयरधनीहरुलाई २ अर्ब ५४ करोड रुपैयाँको बोनस शेयर वितरण गर्यो ।

नगद भन्दा बोनस शेयरलाई प्राथमिकता दिदै आएको सगरमाथाले नेपाल बीमा प्राधिकरणको जुनसुकै क्यापिटल प्लानमा पनि शेयरधनीहरुलाई आर्थिक भार बोकाएन । प्राधिकरणले गत चैतमा सार्वजनिक गरेको साढे दुई अर्बको क्यापिटल प्लानमा समेत शेयरधनीहरुलाई भार नबोकाइ मर्जरको नीति लिएको हो । अन्य कम्पनीहरुले नगद लाभांश वितरण गरेर हकप्रद निष्काशन गर्छन् तर सगरमाथाले कहिले पनि त्यस्तो काम गरेन त्यसैले आजका दिनमा सगरमाथाका शेयरधनीहरु असाध्यै खुसी छन् ।

प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी साढे २ अर्ब पुर्याउने निर्णय गर्दै गर्दा सगरमाथाले मर्जर भन्दा पनि बोनस र हकप्रद मार्फत पूँजी जुटाउछ भन्ने अपेक्षा गरिएको थियो । त्यसमा पनि श्रीलङ्काको सलिन्कको लगानी रहेको भन्दै कम्पनीले मर्जरको नीतिलाई अस्वीकार गर्न सक्थ्यो । मर्जर गर्दैमा अस्थित्व समाप्त हुन्छ भन्ने मान्यलाई यस मर्जरले चिरिदिएको छ । यसले नेपालीको बीमा बजारमा मात्रै नभएर स्वदेशी विदेशी लगानी रहेका कम्पनीहरुमा पनि उदाहरण बनाइदिएको छ ।

कम्पनीको यहि रणनीतिका कारण ठुला लगानीकर्ता मात्रै होइन सर्वसाधारण लगानीकर्ताको पनि ठुलो विश्वास रहेको छ । शेयर बजारमा आउने जुन सुकै उछालमा सगरमाथाको शेयर मूल्य जहिले पनि अग्रस्थानमा रहने गरेको छ । निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक बोनस शेयर दिने सूचिमा सगरमाथा पहिलो नम्बरमा पर्छ ।

सगरमाथाले नगद लाभांश दिनु भन्दा बोनस शेयर दिएर दोस्रो बजारबाट पूँजीगत लाभका लागि प्रोत्साहित गर्दै आइरहेको छ । एकातिर पूँजीगत लाभ र अर्को तर्फ समय समयमा आउने क्यापिटल प्लानमा थप पूँजीका लागि गुहार्नु पर्ने बाध्यतालाई समाधान नै गरेको छ ।

सगरमाथाको १० कित्ता आइपिओ र ४ कित्ता बोनस सहित जम्मा १४ सय रुपैयाँ लगानी गर्ने प्राथमिक शेयरधनीहरु सँग आजका दिनमा २ लाख भन्दा माथिको पोर्टफेलियो बनिसकेको छ । १० कित्ता आइपिओ विचमा जारी भएको ३० प्रतिशत हकप्रद शेयर खरिद गर्नेको जम्मा १४०० रुपैयाँ मात्रै प्रारम्भिक लगानी भएको देखिन्छ । यस अवधिमा कम्पनीले दिएको बोनस शेयर पश्चात उक्त शेयरधनी सँग २९३ कित्ता शेयर जम्मा भइसकेको छ ।

दोस्रो बजारमा सगरमाथाको शेयर मूल्य कुनै समय २ हजार माथि थियो । मर्जर प्रयोजनका लागि कारोबार बन्द हुनु भन्दा अगाडीको शेयर मूल्य ६६६ रुपैयाँमा बन्द भएको छ । यहि मूल्यलाई आधार मान्ने हो भने पनि प्रारम्भिक शेयरधनीहरु सँग २ लाख हाराहारीको पोर्टफेलियो बनिसकेको छ । मर्जर पछि पनि सगरमाथाका शेयरधनीको शेयर संख्यामा कुनै पनि परिवर्तन आउने छैन ।

२७ वर्षको अवधिमा कम्पनीले १३ पटक लाभांश दिएको छ । यस अवधिमा सर्वाधिक धेरै सत प्रतिशत बोनस शेयर वितरण भएको छ । कम्पनीले सबैभन्दा पहिलो पटक आर्थिक वर्ष २०५९/६० मा १० प्रतिशत बोनस शेयर दिएको थियो । त्यस पछि २०६२/६३ मा ४० प्रतिशत बोनस शेयर दिएको थियो । आर्थिक वर्ष २०६४/६५ मा ३० प्रतिशत हकप्रद शेयर जारी गर्यो ।

हकप्रद शेयर निष्काशन पछि खासै आकर्षक लाभांश दिन सकेको कम्पनीले आर्थिक वर्ष २०६८/६९ मा सत प्रतिशत बोनस शेयर वितरण गर्यो । कम्पनीले ६ वर्ष अगाडी जारी भएको क्यापिटल प्लान पुरा गर्न आर्थिक वर्ष २०७४/७५ मा ८६ प्रतिशत बोनस शेयर दियो । यसरी समय समयमा आकर्षक बोनस शेयर दिएर पूँजीकोष बलियो बनाउदै आइरहेको थियो ।

कम्पनीको ऐतिहासिक उपलब्धीहरु

  • २००४/०५ बीमा क्षेत्रमै पहिलो पटक सगरमाथाले एकिकृत प्रविधिलाई भित्र्याएको थियो
  • २००५/०६ बीमा म्यानेजर लन्च भयो । सफ्टवेयरबाटै बीमा पोलिसी जारी गर्ने प्रणालीको विकास
  • २००६/०७ काठमाडौं उपत्यका भन्दा बाहिर बीमा म्यानेजरको लन्च भयो ।
  • २००७/०८ १० करोड चुक्ता पूँजी पुग्यो
  • २०११/१२ अनलाइन बिलिङ सिस्टमको सुरुवात
  • २०१२/१३ २५ करोड चुक्ता पूँजी पुग्यो
  • २०१४/१५ तत्काल दाबी भुक्तानीको अवधारणा सहित भिआइपिको सुरुवात
  • २०१४/१५ पहिलो पटक एक अर्ब २ करोड बीमा शुल्क आर्जन
  • २०१५/१६ स्वचालित रुपमा स्मार्ट एमआइएस रिपोर्टिङ प्रणालीको विकास
  • २०१५/१६ भुकम्पले पुर्याएको क्षतिबापत २६३० वटा पोलिसीको दाबी भुक्तानी । यस बापत एक अर्ब ९० करोड भुक्तानी भयो
  • २०१६/१७ तत्काल दाबी भुक्तानी गर्ने भिआइपि सेवालाई थप विस्तार गर्दै भिआइपि अन द स्पटको सुरुवात
  • २०१६/१७ चुक्ता पूँजी ५३ करोड पुर्याइयो
  • २०१७/१८ अनलाइन भुक्तानी प्रणालीमा विभिन्न माध्यमको प्रयोग
  • २०१७/१८ चुक्ता पूँजी एक अर्ब पुग्यो
  • २०१८/१९ भिआइपि अन द स्पट सेवा बापत इनोभेसन अवार्ड प्राप्त । इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड प्राप्त । इन्डिया चेम्बर अफ कमर्सले २०१८ मा दिएको
  • २०१९/२० बीमालाई थप डिजिटल बनाउने क्रममा मोबाइल एप मार्फत पोलिसी खरिद गर्न मिल्ने प्रणालीको विकास । सगरमाथाले नेपालमै यो पहिलो पटक सुरुवात गरेको थियो
  • २०१९/२० २ अर्ब १७ करोड बीमा शुल्क आर्जन गर्न सफल
  • २०१९/२० सन् २०१८ मा पनि इन्डिया चेम्बर अफ कमर्सले इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड प्रदान
  • २०२०/२१ आरोग्य पोलिसी लन्च
  • २०२१/२२ कोभिड १९ को महामारीमा पनि २ अर्ब ६० करोड बीमा शुल्क आर्जन गर्न सफल

बीमा शुल्क आर्जन

सगरमाथाले पहिलो वर्ष ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । आजको दिनमा आउदा कम्पनीले ७ महिनामै एक अर्ब ६८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । स्थापनाको पहिलो १० वर्षमा २० करोड १६ लाख, पहिलो १५ वर्षमा ५३ करोड २७ लाख, पहिलो १५ वर्षमा एक अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्यो । कम्पनीले पछिल्लो पाँच वर्षको अवधिमा एक अर्बबाट झण्डै तीन अर्ब बीमा शुल्क आर्जन गर्न सफल भयो । पछिल्लो ५ वर्ष व्यवसायिक बृद्धिका हिसावले सगमाथाको सबैभन्दा महत्वपुर्ण उपलब्धीको वर्ष रह्यो ।

कुल लगानी

कम्पनी स्थापना हुँदाको वर्षमा प्रारम्भिक लगानी २ करोड ९० लाख मात्रै थियो । करिव १६ वर्षको अवधिमा कम्पनीको यस्तो लगानी तीन अर्ब १९ करोड पुगेको छ । लगानीको क्षेत्रमा पनि पछिल्लो ५/६ वर्ष सर्वाधिक उपलब्धी पुर्ण रहेको देखिन्छ । ५/६ वर्ष अगाडी कम्पनीको कुल लगानी जम्मा ६७ करोड रुपैयाँ मात्रै थियो ।

दाबी भुक्तानी

सगरमाथाले स्थापनाकालदेखि हालसम्म ११ अर्ब १५ करोड रुपैयाँ भन्दा बढिको कुल दाबी भुक्तानी गरिसकेको छ । स्थापनाको पहिलो वर्ष कम्पनीले ४४ हजार ८५९ रुपैयाँको दाबी भुक्तानी गरेको थियो । पहिलो ५ वर्षमा ७३ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो । व्यवसायिक बृद्धिमा मात्रै नभएर दाबी भुक्तानकी ग्राफमा पनि पछिल्लो ५ वर्ष सर्वाधिक उपलब्धी पुर्ण रह्यो । कम्पनीले भुकम्पको समयमा मात्रै एक अर्ब ९० करोडको दाबी गर्यो ।

जनशक्ति र शाखा कार्यालय

सगरमाथा स्थापना हुँदा कर्मचारी संख्या जम्मा १० जना मात्रै थिए । साथै शाखा कार्यालय पनि एउटा मात्रै थियो । पहिलो ५ वर्षमा कम्पनीमा कर्मचारीको संख्या ५० र शाखा पनि ५ वटा खुले । पहिलो १५ वर्षमा कर्मचारीको संख्या ८९ र शाखा कार्यालय ११ वटा पुग्यो । अघिल्लो वर्ष अगाडी सगरमाथामा कर्मचारी २१३ र शाखा सञ्जाल पनि ४६ वटा नाघ्यो । हाल कम्पनीमा ४ सय भन्दा बढि कर्मचारी र ७७ वटा भन्दा बढि शाखा कार्यालय खुलिसकेका छन् । यसरी १० जनाबाट सुरु भएको कम्पनीमा ४०० सय भन्दा बढि कर्मचारीहरु हुँदै गर्दै लुम्बिनीसँग मर्जर भएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS