Connect IPS
IME Life

बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेका अवाञ्छित गतिविधिहरुलाई नियन्त्रण गर्न सिबिफिनको अपिल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अहिलेको जटिल अवस्थामा व्याजदरको विषयमा अतिरञ्जित बनाउदै बैंक वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर व्याजदर मात्रै नभइ साँव समेत नितिर्ने धम्कीले बैंक वित्तीय संस्था त्रसित भएको भन्दै यसको समाधानका लागि सबैलाई अपिल गरेको छ ।

कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरुको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला विथोलिदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएका कारण नेपालमा पनि यसको असर देखा परेको सिबिफिनले जननाएको छ ।

Prabhu
Crest

नेपाल सरकार, आम उद्यमी व्यवसायी र सर्वसाधारण समेतले अनपेक्षितरुपमा भोगिरहेका समस्याहरुको उचित समाधानका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाट गर्ने जस्ता नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित र तरंगित बनेको परिसंघले जनाएको छ ।

बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका यस्ता उछ्रिङखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पुरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न नेपाल सरकार तथा मातहतका निकायहरुको गंभिर ध्यानाकर्षण गराएको छ ।

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका यस्ता अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने हुने हुँदा यसप्रति सचेत रहदै देशको अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न/गराउन नेपाल सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा सिविफिनले हार्दिक अपिल गरेको छ ।

कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्ध र अन्य विविध विश्व परिघटनाहरुको कारण उत्पादन, माग तथा आपूर्ति श्रृंखला विथोलिदा अहिले विश्व अर्थतन्त्रमै शिथिलता छाएको छ । आन्तरिक तथा बाह्य कारणबाट नेपालको अर्थतन्त्र समेत प्रभावित बनिरहदा साधारण मानिसदेखि राजनीतिज्ञ, नीति निर्माता, अर्थशास्त्री र समग्र लगानीकर्ताहरूमा समेत चासो र चिन्ता बढाएको छ । यस्तो विषम् परिस्थितिलाई सहज बनाउँदै अर्थतन्त्रलाई लयमा फर्काउने संभावित उपायहरुका वारेमा नेपाल सरकार, मातहतका नियामक निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरु सचेत र जिम्मेवार हुँदै आर्थिक सुधारको मार्गमा सामूहिकरुपमा लागि पर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता बनेको छ ।

अत्यन्तै पारदर्शी र संवेदनशील क्षेत्रकोरुपमा परिचित नेपालको बैंकिङ क्षेत्रले नियामक निकायहरुमार्फत जारी नीति नियमको प्रभावकारी कार्यान्वयन, नेपाल राष्ट्र बैंकबाट भएका स्थलगत/गैरस्थलगत निरीक्षणका आधारमा दिइएका सुझाव र बजारको वस्तुगत अवस्थालाई मध्यनजर गर्दै अपनाएका सजगतापूर्ण कार्यहरुको कारण अहिले नेपालको आर्थिक क्षेत्रका केही महत्वपूर्ण सूचकहरु सकारात्मक दिशातर्फ उन्मूख हुँदै गरेको आँकडा हालै जारी मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले नै प्रष्ट पारेको परिसंघले जनाएको छ।

देशको अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेको बैंकिङ क्षेत्रले आम जीवनस्तर, आर्थिक सामाजिक क्षेत्रको विकास एवं विस्तार, रुपान्तरण र समग्रतामा देशको दिगो आर्थिक विकासमा पु¥याएको योगदान कहि कतै छिपेको छैन । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक्ष/परोक्षरुपमा लाखौको संख्यामा रोजगारीका अवसरहरुको सृजना, अरबौं रकम राजस्व परिचालनसहित संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै मोफसलदेखि दुरदराजसम्म आफ्ना शाखा कार्यालयमार्फत सामाजिक–आर्थिक रुपान्तरणका लागि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सविफिनले जनाएको छ ।

आफ्नै देशभित्र मौद्रिक/बौद्धिक लगानी गरी/गराइ राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्याउने पवित्र मनसायसहित दशकौंदेखि बैंकिङ क्षेत्रको विकासमा जीवन अर्पेका र बैंकिङ क्षेत्रबाटै सुनौलो भविष्यको जीवनरेखा कोरिरहेका लाखौ संस्थापक/सर्वसाधारण लगानीकर्ता, प्रतिबद्ध कर्मचारीहरुको योगदानलाई नजरअन्दाज गरिनु नहुने सिफिनको धारणा छ ।

अतिविकसित देशदेखि विकासोन्मूख अधिकांश देशहरुले तरलता, ब्याजदर र मुद्रास्फिती जस्ता चुनौती भोगिरहेको तथ्य जगजाहेरै रहेको परिसंघले जनाएको छ । राष्ट्रिय/अन्तर्राष्ट्रिय बजारको अवस्था, तरलताको पर्याप्तता, कर्जाको माग तथा आपूर्ति जस्ता विषयहरुले ब्याजदर निर्धारण हुने विषय पनि घाम जत्तिकै छर्लङ्ग रहेको सिवीफिनले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS