IME Life New

प्रभु इन्स्योरेन्सको २७ औं वार्षिक साधारणसभा सम्पन्न, लाभांश सहित सम्पुर्ण प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २७ औँ वार्षिक साधारण सभा फाल्गुण २३ गते मंगलबार सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय तीनकुने काठमाडौं स्थित “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरि जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको छ ।

बार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले कम्पनीले व्यवसाय बृद्धिसंगै संस्थागत सुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिमलाई व्यवस्थापन तथा न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडी बढाईरहेको बताउँदै कम्पनीले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग प्रत्यक्ष जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवर्द्धन तथा उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यसलाई भविश्यमा पनि निरन्तरता दिइने बताइन् ।

Esewa
Crest

ग्राहकको सन्तुष्टी नै कम्पनीको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन Digital Transformation योजना लागू गरि कार्ययोजना अगाडि बढाईएको बताउँदै सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक नीति तर्जुमा गरि सूचना प्रविधिको जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै बीमाका नयाँ योजनाहरू तर्जुमा गरी कृषि तथा पिछडिएको क्षेत्रलाई प्राथमिकतामा राखी शाखा बिस्तार गर्ने निति लिएको बताइन्उ ।

बार्षिक साधारण सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्दै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताइन्उ । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS