IME Life New

महँगो हुनथाल्यो‌ ईसेवाको प्रयोग, अब ईसेवामै पैसा पठाउँदा पनि शुल्क तिर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नि: शुल्क सेवा उपलब्ध गराएर सर्वसाधारणमा विद्युतीय भुक्तानीको लत बसाएको ईसेवाले आफ्ना सेवाहरूमा धमाधम शुल्क लिन थालेको छ।

ईसेवाले शिक्षण शुल्क भुक्तानीमा सेवा शुल्क लिन थालेको केही महिना बित्न नपाउँदै अब ईसेवामा पैसा पठाउँदा शुल्क लिने भएको हो।‌ ईसेवा वालेट प्रयोगकर्ता ग्राहकले कुनै अर्को ईसेवा वालेट प्रयोगकर्तालाई ईसेवामार्फत् पैसा पठाउँदा प्रति ट्रान्सफर पाँच रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने भएको छ। प्रयोगकर्ता ग्राहकले दिनको दुई पटक भन्दा बढी कुनै अर्को‌ ईसेवा वालेट(खाता) मा पैसा पठाउँदा शुल्क तिर्नुपर्नेछ। यसअघि ईसेवाबाट कुनै बैंक वा वित्तीय संस्थामा‌ रहेको‌ खातामा पैसा पठाउँदा मात्र सेवा शुल्क तिर्नुपर्ने अवस्था थियो।

Esewa
Crest

ग्राहक संख्या बढाउनका लागि प्रतिस्पर्धी कम्पनीहरुले एकपछि अर्को गर्दै नि:शुल्क र छुट सहितको सुविधा ल्याई रहेका बेला‌ ईसेवाले आफ्नो प्रयोगकर्ता ग्राहक संख्या अत्यधिक रहेको आधारमा सेवा शुल्क लिने रणनीति लागू गरेको‌‌ हो।

एक पटक नगदरहित माध्यम अर्थात् विद्युतीय माध्यमबाट भुक्तानी कारोबार गरेको ग्राहकले सेवा शुल्क तिर्नुपर्ने भएपनि विद्युतीय भुक्तानी माध्यम नै रोज्ने मानवीय व्यवहारको आधारमा ईसेवाले अब क्रमशः आफ्नो सबै सेवाहरुमा शुल्क लागू गर्ने भएको छ।

ईसेवाले खानेपानी बिल, विद्युत बिल, शेयर आवेदन, मासिक किस्ता भुक्तानी, सहकारीको खाताको रकम झिक्न, स्वास्थ्य बीमा नविकरण शुल्क, सुरक्षित भुक्तानी सेवालगायत विभिन्न ३१ प्रकारका भुक्तानीहरुमा सेवा शुल्क लागू गरेको छ। ईसेवाले न्यूनत्तम २ रुपैयाँ देखि अधिकत्तम ५० रुपैयाँ सम्म शुल्क तोकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%
happy

खुसी

11%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

84%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS