IME Life New

राइड शेयर गर्ने चालकका लागी आइएमई पे ले ल्यायाे बीमा सुविधा सहितकाे अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई पेले राइड शेयर गर्ने माेटर साइकल चालक लक्षित गरेर बीमा याेजना सहितकाे बहु उपयाेगी प्याकेज घाेषणा गरेकाे छ।

पछिल्लाे समयमा इनड्राइभ लगायतका राइड शेयर(अरूले चलाउने माेटरसाइकलमा भाडा तिरेर यात्रा गर्ने) सेवा प्रदायकका कारण शहरी यूवाहरू ठूलाे संख्यामा राेजगारी प्राप्त गर्न थालेपछि आइएमई पेले उनीहरुलाई लक्षित गर्दै व्यापार प्रवर्द्धन अभियान सार्वजनिक गरेकाे हाे। याे अभियानमा माेटरसाइकल चालक वा ट्याक्सी चालक दुबैले सहभागीता जनाउन सक्नेछन् । बीमाकाे सुविधाबाट माेटरसाइकलमार्फत् खानेकुरा लगायतका सामाग्री घरदैलाेमा सुपर्दगी गर्नेले पनि लाभ लिन सक्नेछन् ।

Esewa
Crest

आइएमई पेका अनुसार कुनै पनि राइड शेयर कम्पनीमा आबद्ध भएर काम गर्ने चालकलाई दुर्घटना बीमा, स्वास्थ्य जाँच अभाैतिक नगदकाे सुविधा वित्तीय तथा डिजिटल साक्षरता र अन्य थुप्रै लाभ प्रदान गरिनेछ । यसका लागी ईच्छुक चालकले अनलाइन आवेदन दिन सक्नेछन् ।आइएमई पेकाे फेसबुक पेज वा माेबाइल एप्सकाे माध्यमबाट नै आफ्नाे नाम इमेल ठेगाना र माेबाइल नम्बर प्रविष्ट गरेर याे सुविधाका लागी आवेदन दिन सकिने पेले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS