Connect IPS
IME Life

माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको ब्यापार २३ अर्ब ६ करोड, शिखरको झण्डै ३ अर्ब हुँदा कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को माघ महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल २३ अर्ब ६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्ममा १६ लाख ३६ हजार वटा बीमा पोलिसी विक्री गरी यस बीमा शुल्क आर्जन गरेका हुन् । कम्पनीहरुले माघ महिनामा मात्रै २ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले उपलब्घ गराएको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७५ करोड बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन एभरेष्टले १ अर्ब ६९ करोड, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ६८ करोड सिद्धार्थले १ अर्ब ५२ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड, सानिमा जिआइसीले १ अर्ब १९ करोड, प्रिमियर इन्स्योरेन्सले १ अर्ब १७ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १२ करोड, अजोड इन्स्योरेन्सले १ अर्ब ८ करोड, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५ करोड बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
प्रभु इनस्योरेन्स कम्पनीले ९२ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८८ करोड ९८ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले ८४ करोड ६ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ७६ करोड ४५ लाख र यूनाइटेड इन्स्योरेन्सले ६८ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS