IME Life New

नगद रहित काराेबार प्रवर्द्धनका लागी राष्ट्र बैंककाे जनचेतनामूलक भिडियाे सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विद्युतीय माध्यमबाट हुने खुद्रा भुक्तानी काराेबार प्रवर्द्धन गर्नका लागी नेपाल राष्ट्र बै‌ंकले जनचेतनामूलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकले दैनिक उपभाेग्य वस्तु किनमेल गर्दा नगदकाे साटाे माेबाइल बैंकिङ वा डिजिटल वालेटमार्फत् नगद रहित भुक्तानीकाे माध्यमबाट भुक्तानी गर्न अनुराेध गरेकाे छ।

फेसबुक पेजमार्फत् सार्वजनिक गरिएकाे श्रव्यद्दश्यमा दुई शहरीया महिलाहरु डिपार्टमेन्टल स्टाेरमा किनमेल पछि भुक्तानीकाे क्रममा तीमध्ये एक महिलाले आफूले नगद घरमै बिर्सिएकाले पैसा सापटी दिन आग्रह गरेपछि अर्की महिलाले नगदकाे साटाे क्यु आर काेडमार्फत्  नगद रहित भुक्तानी गर्न सुझाव दिएकाे दृश्य समेटिएकाे छ। याे संवाद चलिरहँदा पसले महिला साक्षी बसेकाे देखाइएकाे छ ।

Esewa
Crest

राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८।७९ मा क्यु आर  कोडमा आधारित कारोबारको संख्या २ कराेड ६९ लाख ५० हजार नाघेकाे थियाे । साथै क्यु आर काेडकाे प्रयाेगमार्फत् भएकाे काराेबारकाे लागी खरिदकर्ताले ९४ अर्ब ५० कराेड ८० लाख रुपैयाँ भुक्तानी गरेका थिए । बैंकका अनुसार गत आवमा अघिल्लाे आवकाे तुलनामा काराेबार स‌ंख्या र रकम दुबै वृद्धि भएकाे छ । आव २०७७।७८ काे तुलनामा काराेबारकाे स‌ंख्या ३८२.८ प्रतिशतले र काराेबार रकम ३६६ प्रतिशतले वृद्धि भएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS