IME Life New

आजबाट ७० अंक ल्याए ट्रायल पास हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षामा ग्रेडिङ सिस्टम लागू गरेको छ । प्रदेश सरकारले आज (फागुन २) देखि ७० अंक ल्याए ट्रायल पास हुने नियम लागू गरेको हो ।

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठले मंगलबार यातायात कार्यालय ठुलो भर्याङ्गमा ग्रेडिङ सिस्टमको उद्घाटन गरेका हुन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रम, रोजगार तथा यातायातमन्त्री श्रेष्ठलाई ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने अनुमति दिएका थिए। ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने बढेको मन्त्री श्रेष्ठले बताए ।

Esewa
Crest

यस्तो छ नयाँ मापदण्ड

मापदण्ड लागू भएसंगै मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन् । प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ ९एट आकार० को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भने हुँदैन । दुईपटकभन्दा बढी रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुन्छ। साँघुरो फलेकको अंकभार १० रहेको छ। साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्केको अवस्थामा फेल भइन्छ ।

यसैगरी युटर्नको अंकभार १० रहेको छ भने टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन्। ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ। ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा ‘उबडखाबड’को अंकभर १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ। एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो ९र्‍याप० को अंकभार २० तोकिएको छ। त्यसैगरी परीक्षार्थीको अनुशासन मूल्यांकनलाई १० अंक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS