IME Life New

पुसमा निर्जीवन बीमा व्यवसाय ५६ प्रतिशतले बढ्यो, एक महिनामै ४ अर्ब १० करोड आर्जन गर्दा कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुस महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय ५६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले दिएको तथ्याङ्क अनुसार पुस महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस भन्दा अगाडी मंसिर महिनामा भने निर्जीवन बीमा कम्पनीहरुले जम्मा २ अर्ब ६१ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेका थिए ।

पुस महिनामा शिखर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा शुल्क आर्जनमा छलाङ मारेको छ । शिखरले गत मंसिरमा जम्मा २७ करोड एक लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेकोमा पुस महिनामा बढाएर एक अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

पुस महिनामा हिमालयन एभरेष्टले पनि छलाङ मारेको छ । हिमालयनले मंसिर महिनामा १९ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा गत पुस एक महिनामै ४० करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पुस महिनामा २६ करवड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी कम्पनीले गत मंसिर महिनामा २३ करोड २६ लाख मात्रै थियो ।

पुस महिनामा एनएलजीले २६ करोड ५७ लाख, प्रभुले २१ करोड ९५ लाख, सिद्धार्थले २० करोड ६६ लाख, सगरमाथाले २० करोड ३६ लाख, सानिमा जिआइसीले १८ करोड ५२ लाख, लुम्बिनीले १७ करोड ४० लाख, प्रिमियरले १७ करोड १९ लाख, अजोडले १६ करोड ३२ लाख, आइएमई जनरलले १४ करोड ८५ लाख, नेपाल इन्स्योरेन्सले १२ करोड ८६ लाख, दि ओरिएन्टलले ११ करोड १८ लाख, प्रुडेन्सियलले ११ करोड १५ लाख, युनाइटेडले ८ करोड ८२ लाख, नेशनल इन्स्योरेन्सले ८ करोड ४ लाख, राष्ट्रिय बीमा कम्पनीले जम्मा ५ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

पुस महिनामा युनाइटेड, प्रिमियर र सगरमाथाको व्यवसायमा गिरावट आएको छ । विगतका महिनामा खासै आक्रामक व्यवसाय गर्न नसकेका निर्जीवन बीमा कम्पनीहरु पुस महिनामा बढि सक्रिय देखिएका छन् । कम्पनीहरुले सम्पुर्ण पोर्टफेलियोमा व्यवसाय बढाएका हुन् । ठुला कम्पनीहरुले बजार विस्तार गर्दा समग्र बीमा शुल्क आर्जनमै सुधार आएको हो । पुस महिना ठेक्का पट्टा सुरु हुने महिना पनि हो । अर्को तर्फ प्राधिकरणले नन ट्यारिफ व्यवसायलाई पनि न्यनुतम दर तोकिदिए पछि कम्पनीहरुले व्यवसाय बढाउन सफल भएका हुन् । जलविद्युत कम्पनीदेखि लिएर ठेक्का पट्टा गर्नेहरुले समेत पछिल्लो समय रियलमै बीमा गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS