IME Life New

पुस महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापार २० अर्ब ८ करोड, कुनले कति गरे आर्जन ?(सूचिसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुस महिनासम्ममा निर्जीवन बीमा कमपनीहरुले कुल २० अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले यस महिनासम्ममा १३ लाख ९५ हजार ३२ वटा बीमालेख जारी गरी यस बीमा शुलक आर्जन गरेका हुन् । यी कम्पनीहरुले पुस महिनामा मात्रै ४ अर्ब १० करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले पुस महिनामा मात्रै २ लाख ४७ हजार बीमा पोलिसी विक्री गरेका छन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार पुस महिनासम्ममा सबैभन्दा धेरै शखिर इन्स्योरेन्सले कुल ब्यवसाय भित्राएको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ६५ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

Esewa
Crest

तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५० करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब ४९ करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड, एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड, प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७ करोड, सानिमा जिआइसीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले ९७ करोड १९ लाख, अजोड इन्स्योरेन्सले ९० करोड ४८ लाख, आइएमई जनरल इन्स्योरेन्सले ९० करोड २६ लाख, प्रभु इन्स्योरेन्सले ८२ करोड ४५ लाख, नेपाल इन्स्योरेन्सले ७९ करोड ३६ लाख, ओरिएण्टल इन्स्योरेन्सले ७० करोड १४ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ६४ करोड ८६ लाख, यूनाइटेड इन्स्योरेन्स कम्पनीले ५९ करोड ३१ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ४९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS