IME Life New

तीन बीमा कम्पनीलाई सात दिन भित्र मर्जरको सहमति गर्न अल्टिमेटम, स्वाप रेसियोमा सहमति हुन सकेन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन निर्जीवन बीमा कम्पनीहरु नेपाल इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सात दिन भित्र मर्जरको सहमति गर्न अल्टिमेटम दिएको छ ।

प्राधिकरणले हिजो माघ १८ गते तीन वटै कम्पनीलाई बोलाएर मर्जरको विषयमा छलफल गराएको थियो । क्रस होल्डिङ भएको भन्दै प्राधिकरणले तीन वटै बीमा कम्पनीका शेयरधनीहरुलाई दवाव दिदै आएको छ । अध्यक्ष सूर्य प्रसाद सिलावल सहित प्राधिकरणका उच्च व्यवस्थापन तहका कर्मचारीहरुको उपस्थितिमा तीन वटै कम्पनीका सञ्चालक तथा मर्जर कमिटीका पदाधिकारीहरु सँग औपचारिक रुपमै छलफल गरिएको थियो ।

Esewa
Crest

स्वाप रेसियोमा तीन कम्पनीहरु विच कुरा नमिल्दा मर्जरको सहमति हुन नसकेको उनिहरुले प्राधिकरणलाई जानकारी दिएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी र आइमई जनरलले प्रुडेन्सियललाई स्वाप रेसियोमा तल पार्न खोजे पछि कुरा नमिलेको हो । चैत अगाडीसम्म आपसी सहमतिमै मर्जरमा जान दिवाव दिने र चैत पछि फोर्स मर्जर गराउने तयारीमा प्राधिकरण रहेको छ ।

प्राधिकरणका एक अधिकारीले भने ‘अहिले उहाँहरुलाई मर्जरका लागि प्रोत्साहन गर्ने हो । यस अवधिमा पनि उहाँहरु मर्जरमा जान मान्नु भएन भने चैत पछि क्रस होल्डिङ हटाउनैका लागि भए पनि फोर्स मर्जर गराउने हो ।’

हाल चन्द्र ढकाल तथा आइएमई समुहको नेपाल इन्स्योरेन्समा १५.६६ प्रतिशत र आइएमई जनरलमा १४.२८ प्रतिशत शेयर रहेको छ । त्यस्तै युनाइटेड डिष्ट्रिव्युटर नेपालको नेपाल इन्स्योरेन्समा ६.९५ प्रतिशत लगानी रहेको छ भने युनाइटेड इन्स्योरेन्समा २.८३ प्रतिशत लगानी रहेको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नेपाल इन्स्योरेन्स कम्पनीमा १.७४ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १.७८ प्रतिशत लगानी रहेको छ ।

आइएमई समुहले नेपाल इन्स्योरेन्स कम्पनीको शेयर विनिवेश गर्न बोलपत्र पनि आह्वान गरेको थियो । तर आवेदन नपरेपछि बिक्री गर्न सकेन । प्राधिकरणले यसरी तीन वटा कम्पनीमा फरक फरक समुह तथा व्यक्तिहरुको क्रस होल्डिङ भएको भन्दै एकै पटक तीन वटैलाई एक हुन निर्देशन दिएको हो । तीन वटा कम्पनीलाई मर्जर गर्दा आइएमई समुहको भने १५ प्रतिशत नाघ्न सक्नेछ । यसले गर्दा पनि आइएमई समुह मर्जरको पक्षमा छैन । अर्को तर्फ नेपाल इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बलियो शेयरधनी नेपाल बैंक रहेको छ । नेपाल बैंकको १५ प्रतिशत शेयर हिस्सा रहेको छ । जसले गर्दा नेपाल इन्स्योरेन्स कम्पनीको नाममा अन्य कम्पनीहरुले कम्परमाइज गर्ने देखिदैन ।

आइएमई र प्रुडेन्सियल विच मर्जर गर्दा क्रस होल्डिङको इन्स्यु रहिरहन्छ । प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स कम्पनी मात्रै मर्जर गर्दा पनि आइएमई समुहले नेपाल इन्स्योरेन्सको शेयर विनिवेश गर्नु पर्छ । यसले गर्दा प्राधिकरण कुनै पनि हालतमा तीन वटै कम्पनीको मर्जर होस भन्ने चाहिरहेको छ ।

प्राधिकरणले यहि चैत मसान्त भित्र सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी साढे दुई अर्ब पुर्याउन निर्देशन दिएको छ । तर अधिकाम्स कम्पनीले यस अवधिमा पूँजी जुटाउन सक्ने देखिदैन । यसले गर्दा प्राधिकरणले समय थप गर्न सक्ने विश्लेषकहरु बताउछन् । यदि समय थप गरेन भने प्राधिकरणले आक्रामक रुपमा फोर्स मर्जर गराउन सक्ने डरले पनि बीमा कम्पनीहरु सकेसम्म अहिले नै मर्जरको सहमति गर्ने तयारीमा कम्पनीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

80%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS