IME Life New

मेलम्ची खानेपानी आयोजनाका ९ अर्ब ६२ करोडको संरचना केयुकेएललाई हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले निर्देशनालय अन्तर्गतको मेलम्ची खानेपानी उप–आयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका कूल ९ अर्ब ६२ करोड बराबरका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।

उप–आयोजना–२ बाट काठमाडौंको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्दमा प्रशोधित मेलम्चीको खानेपानी उक्त केन्द्रबाट काठमाडौंका विभिन्न नौ स्थानमा रहेका १० वटा खानेपानी ट्याङ्कीहरूमा आपूर्तिका लागि बिच्छइएका थोक वितरण प्रणालीका ४०० मि.मि. देखि १,४०० मि.मि. ब्याससम्मका ठूला डक्टाइल आइरन पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको हो ।

Esewa
Crest

काठमाडौंमा यही माघ १६ गते आयोजित कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेड बीच थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व हस्तान्तरण सम्बन्धमा सम्झौता भएको हो ।

खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको उपस्थितिमा उक्त सम्झौतापत्रमा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

त्यस अवसरमा आयोजना निर्देशक सापकोटाले थोक वितरण प्रणालीका संचालन निर्देशिका, जगेडा पाइप तथा फिटिङ्स, दुईवटा सवारीसाधन, थोक वितरण प्रणालीको नक्सा, जिआइएस नक्सा र परीक्षण प्रमाणपत्र बोर्डलाई हस्तान्तरण गरेका हुन् ।

आयोजना कार्यान्वयन निर्देशनालयबाट स्वामित्व लिएपश्चात बोर्डले तत्कालै शुरू हुनेगरी थोक वितरण प्रणालीको संचालन, मर्मत सम्भार र खानेपानीको गुणस्तर कायम गर्ने कार्यको जिम्मा केयुकेएललाई दिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS