IME Life New

नेप्सेमा एसएमई प्लेटफर्म छिट्टै आउँने, नियमावली अन्तिम चरणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) सहकार्यका लागि तयार भएका छन् । इम्सनको नव निर्वाचित कार्य समितिलाई स्वागत गर्न बोर्डमा आयोजित कार्यक्रममा बोर्ड अध्यक्ष रमेश हमालले इम्सनसँग सहकार्य गरेर नेपालको पुँजी बजारको दिगो विकासका लागि आफु तयार रहेको बताएका हुन् ।

अध्यक्ष हमालले पुँजी बजारको दिगो विकासका लागि आर्थिक मिडियाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै इम्सनसँगको सहकार्यले पुँजी बजारलाई गतिशिल र विश्वसनिय बनाउन सहयोग पुग्ने बताए ।

Esewa
Crest

स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष हमालले नेपालको पुँजी बजार विकासका लागि आफु अहोरात्र खटिएको बताउँदै त्यसको सकारात्मक नतिजा देखिन थालिसकेको पनि बताए । अध्यक्ष हमालले अब केहि समयभित्रै नेप्सेमा साना कम्पनीहरुको कारोबारका लागि एसएमई प्लेटफर्म कार्यान्वयनमा ल्याउने बताए । ‘हामीले एसएमई प्लेटफर्म सञ्चालन सम्बन्धी नियमावलीको मस्यौदा तयार पारिसकेका छौं, केहि समयभित्रै मन्त्रिपरिषदमा पठाउँछौं’, हमालले भने ।

मन्त्रिपरिषदले पास गरेपछि नेप्सेमा एसएमई प्लेटफर्म तयार गरि कार्यान्वयनमा ल्याउने उनले स्पष्ट पारे । एसएमई प्लेटफर्म कार्यान्वयनमा आएपछि पुँजी बजारमा सकारात्मक प्रभाव पर्ने र साना कम्पनीहरु थप आकर्षित हुने पनि बताए । उनले रियल सेक्टरलाई पुँजी बजारमा भित्र्याउन पनि आफुले निकै मेहनत गरिरहेको बताए । बुक बिल्डिङमा देखिएका अप्ठेरा पनि समाधान उन्मुख रहेको उनको दावी थियो । अध्यक्ष हमालले संस्थागत सुशासन, साना लगानीकर्ताहरुको संरक्षणका लागि पनि आफुले काम गरिरहेको बताएका थिए । उनले पुँजी बजार सम्बन्धी तालिम दिनका लागि संस्थागत संरचना नै खडा गर्ने तयारी भैरहेको जानकारी पनि दिए ।

कार्यक्रममा इम्सन अध्यक्ष रामराजा श्रेष्ठले पुँजी बजारको विकासका लागि सेबोनसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । उनले आर्थिक मिडिया र सेबोनको सम्बन्ध जति राम्रो भयो त्यति नै बजारको विकासमा सहयोगी सिद्ध हुने दावी गरेका थिए । ‘अहिले बोर्ड र सम्बद्ध सरोकारवालाहरुबीच समन्वय नहुँदा बोर्डले लिएका कतिपय नीतिहरु कार्यान्वयमा कठाई वा सो सम्बन्धमा विरोध भैरहेका छन्,’ उनले भने, ‘यदि यसलाई सुरुवाती चरणमै मिडियामार्फत सरोकारवालाहरुलाई बुझाउन सकियो भने विरोध नआउन सक्छ ।’ साथै सेयर बजार गैरकानूनी रुपमा चलखेल गर्नेमाथि बोर्डले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने समेत श्रेष्ठले बताए ।

स्वागत कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी निर्देशकहरु डा. मुक्ति श्रेष्ठ, बिनयदेव आचार्य र कृष्ण पोखरेल सहभागी थिए ।
इम्सनका तर्फबाट अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष लोचन खतिवडा, महासचिव नारायण प्रसाद पौडेल, सचिव हिम बिष्ट, सह सचिव बिष्णु तारुके, कोषाध्यक्ष केशब प्रसाद भण्डारी र कार्य समिति सदस्यहरु मिलन खड्का र सुरेन्द्र पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS