काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. मीन बहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । राष्ट्रिय योजना आयोगको अध्यक्ष समेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालले श्रेष्ठलाई आजै पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
श्रेष्ठ यस भन्दा अगाडी २०७३ मा पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । राष्ट्र बैंकमा ३० वर्ष भन्दा लामो समय काम गरेका श्रेष्ठलाई माओवादी सरकारले नै राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो ।
श्रेष्ठले नेपाल राष्ट्र बैंकमा लामो समय अनुसन्धान विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागमा रहेर काम गरेका थिए । अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका श्रेष्ठले बन्द हडतालका कारण अर्थतन्त्रमा हुने आर्थिक क्षतिको विषयमा अध्ययन गरेका थिए । उनि अर्थतन्त्र र मौद्रिक नीतिका विज्ञ हुन् ।