Connect IPS
IME Life

कर तिर्न जादा कर्मचारीले दुख दिए अर्थमन्त्रालयमा जानकारी दिनु कारबाही गर्नेछु : अर्थमन्त्री पौडेल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कर तिर्न जादा कर्मचारीले दुख दिएमा गोप्य रुपमा अर्थमन्त्रालयमा जानकारी दिन आग्रह गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघले लघु घरेलु, साना तथा मझौता उद्योग व्यवसाय सम्मेलनमा मन्तव्य दिने क्रममा अर्थमन्त्री पौडेलले कर तिर्न जादा दुख दिने कर्मचारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर बुझाउन जाँदा घुसु दिनु पर्ने अवस्था रहेको गुनासो गरेपछि अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् । उनले भने ‘राष्ट्रसेवक कर्मचारीको काम सेवा गर्ने हो । कसैलाई दुःख गरी उहाँहरुले काम गर्न पाउनु हुन्न । कसैले दुःख दिने काम गरेको छ भने तपाईंहरु मलाई जानकारी दिनुस् तत्कालै कारबाही हुनेछ ।’

Prabhu
Crest

पौडेलले स्टार्टअप कार्यविधि छिट्टै निर्माण गरी कार्यान्वयन गर्ने बताएका छन् । निजी क्षेत्रको योगदानलाई अघि बढाउन उक्त स्टार्टअप कार्यविधि निर्माण गर्ने उनले प्रष्ट परे । आजको सम्मेलनलाई संबोधन गर्दै पौडेलले घरेलु उद्यममा देखापरेका नीतिगत अस्पष्टलाई समाधान गर्दै लैजाने बताए ।

अर्थमन्त्री पौडेलले व्याजदर र महँगीको सम्बन्ध हुने भन्दै महँगो व्याजदरलाई सिमाभित्र राख्ने सरकारको सोच रहेको बताए । उनले भने ‘पछिल्लो दिनमा ब्याजदर कम हुने केही संकेत देखिएका छन् । आगामी दिनमा ब्याजदर वाञ्छित सीमाभित्र हुन्छ भन्ने हामीलाई विश्वास छ । राष्ट्र बैंक र सरकारले नियमित छलफल गरिरहेको छ । राष्ट्र बैंक आफैं निर्णय गर्ने अधिकार राख्ने स्वायत्व संस्था हो । तर, देशको अर्थतन्त्र सञ्चालन गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सहकार्य भने हुन्छ । अहिले राष्ट्र बैंक र अर्थ मन्त्रालयले अर्थतन्त्रका समग्र अवस्थाका विषयमा संघन संवाद गरिरहेको छ ।’

अर्थमन्त्रमा देखिएका समस्या सरकारको मात्रै नभएर सिंगो राष्ट्रको भएको बताएका छन् । उनले उद्योगी व्यवसायीलाई अहिलेको अवस्थालाई बुझेर काम गरिदिन समेत आग्रह गरेका छन् । उनले निजी क्षेत्रको प्रवर्द्धनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

लघु घरेलु, साना तथा मझौला ‘एमएसएमई’ उद्योग स्वरोजगार बनाउने मात्र नभई रोजगारका अवसर समेत सिर्जना गर्ने महत्वपुर्ण क्षेत्र रहेको महासंघले जनाएको छ । उद्योग विभागका अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यमा घरेलु तथा साना उद्योगको अंश ९० प्रतिशत छ ।

नेपालमा सञ्चालित कुल उद्योग मध्ये ९८.४४ प्रतिशत एमएसएमई उद्योग छन् । गत आर्थिक वर्षमा ३०९ ठुला उद्योग दर्ता भएको हुँदा ६५ हजार एमएसएमई उद्योग दर्ता भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS