काठमाण्डाै । नेपाल राष्ट्र बैंकले वस्तुकाे आयातमा अनिवार्यरुपमा नगदै मार्जिन राख्नुपर्ने व्यवस्था हटाएकाे छ । एकीकृत परिपत्र २०७८ मा संशाेधन गर्दै वस्तु आयातका लागी प्रतीत पत्र खाेल्दा यसअघि अनिवार्य गरिएकाे सबै नगद मार्जिन सम्बन्धी व्यवस्था हटाएकाे हाे ।
आयात निरुत्साहन गर्ने उद्देश्यले केन्द्रीय बैंकले ५ पुस र २६ माघ २०७८ मा बेग्लाबेग्लै सूचना जारी गर्दै विभिन्न ४८ समूहका वस्तु वर्गिकरण संकेत (हार्मोनी कोड) काे वस्तु आयातमा ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन सम्बन्धी व्यवस्था लागू गरेकाे थियाे ।
विप्रेषण आप्रवाहमा सुधारसँगै व्यापार घाटा कम भएपछि केन्द्रीय बैंकले क्रमशः बन्देज हटाउँदै लगेकाे छ ।