Connect IPS
IME Life

अजाेड इन्स्याेरेन्समा भाटभटेनी सुपरमार्केट ग्रुपकाे १५ प्रतिशत शेयर, अरु काे काे छन् मुख्य प्रवर्द्धक ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । चाैधरी समूहकाे लगानी रहेकाे यूनाइटेड इन्स्याेरेन्ससँग मर्जरका लागी प्रारम्भिक सहमती गरेकाे निर्जीवन बीमा कम्पनी अजाेड इन्स्याेरेन्स कम्पनीकाे मुख्य प्रवर्द्धक भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टाेर प्रा.लि. हाे । कम्पनीकाे आ‍व २०७८।७९ काे कूल चुक्तापूँजीकाे आधारमा भाटभटेनी सुपरमार्केट र यसकाे अध्यक्ष मीन बहादुर गुरूङ परिवार समेत गरेर करिब १५ प्रतिशत शेयर स्वामित्व रहेकाे छ ।

अजाेड इन्स्याेरेन्सले प्रकाशन गरेकाे आ‍व २०७८।७९ काे वित्तीय प्रतिवेदन अनुसार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टाेर प्रा.लि. ले प्रवर्द्धक शेयरमा ७.९९ (रू ७ कराेड ९९ लाख ५ हजार) लगानी गरेकाे छ। यसबाहेक भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरूङकाे स्वामित्वमा ३.५ प्रतिशत(रू. ३ कराेड ५० लाख) बराबरकाे शेयर स्वामित्व छ । यसबाहेक उनका छाेरा कल्याण गुरूङकाे स्वामित्वमा ७ प्रतिशत(रू ७ कराेड) र छाेरी कामना गुरूङकाे नाममा समेत ३.५ प्रतिशत (रू. ३ कराेड ५० लाख) बराबरकाे शेयर लगानी छ।

Prabhu
Crest

हाल प्रभु बैंकमा गाभिएकाे साबिककाे सेन्चुरी कमर्शियल बै‌ंककाे स्वामित्वमा ३ प्रतिशत अर्थात रू ३ कराेडकाे प्रवर्द्धक शेयर रहेकाे छ । आइएमई समूहकाे समेत लगानी रहेकाे हाथवे इन्भेष्टमेन्ट लिमिटेड र बिधुत प्राधिकरणका पुर्ब तथा बहालवाला कर्मचारीहरुले प्रबर्द्धन गरेको क्यालिवर इन्भेष्टमेन्ट कम्पनी प्रा.लिको पनि अजाेड इन्स्याेरेन्समा १ प्रतिशत अर्थात् १ कराेड रुपैयाँ प्रवर्द्धक शेयरमा लगानी गरेकाे छ। हाथवे इन्भेष्टमेन्ट लिमिटेडकाे प्रवर्द्धकमध्येका अम्बिका प्रसाद पाैडेलकाे स्वामित्वमा समेत अजाेड इन्स्याेरेन्समा २ प्रतिशत संस्थापक शेयर छ । प्रीथी तिवारीको २.५ प्रतिशत अर्थात २ करोड ५० लाखको शेयर रहेको छ। लक्ष्मी हुन्डाई समुहका कार्यकारी निर्देशक तथा कम्पनी संचालक  समितिका अध्यक्ष आजाद श्रेष्ठकाे स्वामित्वमा समेत १.१ प्रतिशत प्रवर्द्धक शेयर रहेकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

14%

दु :खी

29%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS