IME Life New
GBIME

अजोड इन्स्याेरेन्समा संचालक समितिकाे लुट, संस्थागत सुशासन विपरित कुम्ल्यायाे रू. ३० लाख

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । निर्जीवन बीमा कम्पनी अजोड इन्स्योरेन्स लिमिटेडमा संस्थागत सुशासनको चरम उलंघन गरेर कम्पनीको पैसामा हालीमुहाली गरेकोे फेला परेको छ । कम्पनीको संचालकहरुले व्यक्तिगत स्वार्थपूर्तीका लागी संस्थागत सुशासन निर्देशिका २०७५ को प्रावधान विपरित विभिन्न समिति तथा उपसमिति गठन गर्ने र भत्ता तथा अन्य सुविधावापत लाखौं रुपैयाँ कुम्ल्याउने गरेका छन् ।

बीमकको संस्थागत सुशासन निर्देशिकामा दाबी भुक्तानी तथा पूनर्बीमा समिति, लगानी जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थ्यता(सोल्भेन्सी) समिति, मानव संशाधन समिति, सम्पत्ति शुद्धिकरण निवारण समिति र लेखा परिक्षण समिति समेत जम्मा ५ वटा समिति गठन गर्न सकिने प्रावधान भएपनि भत्ता कुम्ल्याउनकै लागी ६ वटा समिति र २ वटा उपसमिति सहित ८ वटा समिति गठन गरेका छन् ।

Crest

कम्पनीको संचालक समितिले मानव संशाधन समिति, दाबी भुक्तानी तथा पूनर्बीमा समिति,लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थ्यता (सोल्भेन्सी) समिति, लेखा परिक्षण समिति, सम्पत्ति शुद्धिकरण निवारण समिति, बजार व्यवस्थापन समितिका अतिरिक्त अनुगमन तथा सुपरिवेक्षण उप समिति र जोखिम व्यवस्थापन उपसमिति समेत गठन गरेको छ । यी समिति तथा उपसमितिको वर्षभरमा कूल ५६ पटक बैठक बसेको थियो । औसतमा प्रत्येक महिना ४ देखि ५ पटकसम्म समिति तथा उपसमितिको बैठक बसेको देखिन्छ । लगानी, जोखिम व्यवस्थापन तथा वित्तीय स्वस्थ्यता (सोल्भेन्सी) समिति अस्तित्वमा रहेकै बेला जोखिम व्यवस्थापन उपसमिति समेत गठन गरिएकाे छ । यसबाहेक लेखा परिक्षण समितिकै कार्यभार अन्तर्गत पर्ने अनुगमन तथा सुपरिवेक्षण कार्यका लागी बेग्लै उपसमिति गठन गरिएकाे छ ।

एउटै व्यक्ति दुई समितिकाे स‌ंयाेजकः

नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा १४ को उपदफा ९ मा ‘एउटा समिति वा उपसमितिको संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउनेछैन’ भन्ने प्रावधान विपरित संचालक रामबहादुर गुरुङ सम्पत्ति शुद्धिकरण निवारण समिति र अनुगमन तथा सुपरिवेक्षण उपसमितिको संयोजक नियुक्त गरिएका छन् । गत आ.व.मा सम्पत्ति शुद्धिकरण निवारण समितिको बैठक ३ पटक र सुपरिवेक्षण उपसमितिको बैठक ५ पटक भएको थियो ।

दफा १४ को उपदफा १ मा ‘लेखापरीक्षण समितिबाहेक अन्य समितिमा वा उपसमितिमा दुईजनाभन्दा बढी संचालक समिति वा उपसमितिको सदस्य हुन पाउनेछैन’ भन्ने स्पष्ट प्रावधान छन् । तर यो प्रावधान विपरित अजोड इन्स्योरेन्सको अनुगमन तथा सुपरिवेक्षण उपसमितिमा संचालक समिति सदस्यहरु रामबहादुर गुरुङ, सागर गुरुङ र चिरन्जीवि द्वा समेत तीन जना संचालकहरु सदस्य नियुक्त गरिएका छन् ।

भत्तामै स‌ंचालकले कुम्ल्याए रू. ३० लाखः

कम्पनीले संचालक समिति सदस्यहरुलाई बैठक भत्ता र सुविधावापत वर्षदिनमै २९ लाख पचास हजार रुपैयाँ भुक्तानी गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार संचालक समितिको बैठकमा सहभागी भएवापत १० लाख ८० हजार रुपैयाँ भुक्तानी लिएका छन् । संचालक समितिको बैठक बाहेक संचालकहरुले विभिन्न ६ वटा समिति र २ वटा उपसमिति गठन गरेर बैठकवापत अतिरिक्त १० लाख ३० हजार रुपैयाँ भुक्तानी लिएका छन् । यसबाहेक संचार र पत्रपत्रिका सुविधापत थप ८ लाख ४० हजार रुपैयाँ अजोड इन्स्योरेन्सका संचालकले वर्षदिनमा भुक्तानी लिए । प्राधिकरणले नै जारी गरेकाे स‌ंस्थागत सुशासन विपरित अनावश्यक समिति उप समिति गठन र एकै व्यक्ति एक भन्दा बढी समिति उपसमितिमा संयाेजक रहँदा समेत प्राधिकरणले कम्पनीकाे संचालक समितिविरूद्ध कारवाही नगरी मतियार बनेकाे छ ।

अजोड इन्स्योरेन्सको समिति तथा उपसमितिका सदस्यहरुलाई बैठकमा सहभागी भएवापत प्रति बैठक भत्ता प्रति व्यक्ति प्रति बैठक १० हजार रुपैयाँका दरले भुक्तानी गर्दै आएको छ ।संचालक समितिका सदस्यले बैठक भत्ता र संचार तथा पत्रपत्रिकावापत भुक्तानी लिएको रकम आ.व. २०७८।७९ को खुद नाफाको १.९७ प्रतिशत हुन आउँछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

7%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS