काठमाडौं । वैदेशिक रोजगारमा भएका नेपालीहरुले चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन् । समिक्षा अवधिमा यस्तो विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशलते घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो ।