Connect IPS
IME Life

तीन निर्जीवन बीमा कम्पनीमध्ये सबैको ऐन अनुसार लेखापरीक्षण सम्पन्न, जीवन तर्फ एउटैको तयार भएन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा ऐन २०७९ अनुसार तीन निर्जीवन बीमा कम्पनी बाहेक सबैले आर्थिक वर्ष सम्पन्न भएको ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन तयार पार्न सफल भएका छन् । प्राधिकरणका अनुसार अहिलेसम्म राष्ट्रिय बीमा कम्पनी, ओरियण्टल र नेशनल इन्स्योरेन्स कम्पनीले अहिलेसम्म पनि गत आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण तयार पार्न सकेका छैनन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले लेखापरीक्षण प्रतिवेदन तयार पारिसकेको छ तर प्राधिकरणमा स्वीकृतिका लागि भने पेश गरेको छैन । कम्पनीले पुस मसान्त भित्रै बुझाउदैछ । यस बाहेक सबैले लेखापरीक्षण तयार पारिसकेका छन् ।

Prabhu
Crest

कम्पनी ऐन अनुसार पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन तयार पारेर वार्षिक साधारणसभा सम्पन्न गर्नु पर्ने व्यवस्था छ । तर बीमा कम्पनीहरुले ऐक्चुरीको बहानामा यस व्यवस्थालाई उल्लंङ्घन गर्दै आइरहेका छन् । गएका दुई वर्षमा एनएफआरएस अनुसार लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्ने व्यवस्थाका कारण आर्थिक वर्ष सकिएको ६ महिनामा प्राय निर्जीवन बीमा कम्पनीहरुले बुझाउन सकेका थिएनन् । तर विगत दुई वर्षमा अधिकाम्स बीमा कम्पनी ट्र्याकिङमा आइसकेकाले यस वर्ष उनिहरुलाई खासै समस्या भएन ।

कम्पनी ऐनमा ६ महिना तोकिए पनि नेपाल बीमा प्राधिकरणले भने १० महिनाको अवधि दिदै आएको थियो । तर अहिलेको नयाँ बीमा ऐन २०७९ मै कम्पनी ऐन अनुसार आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखापरीक्षण प्रतिवेदन तयार पारेर साधारणसभा सम्पन्न गर्नु पर्ने व्यवस्था गरिदिए पछि प्राधिकरणको यस अगाडीको निर्देशन निष्कृय भएको छ । अव प्राधिकरणले पनि बीमा ऐन २०७९ उल्लङ्घन गर्ने बीमा कम्पनीलाई अनिवार्य कारबाही गर्नै पर्ने हुन्छ ।

यो ऐन गत कार्तिक महिनामा आएको हुँदा ऐन अनुसार पुस मसान्त भित्रै लेखापरीक्षण तयार पार्नु पर्ने व्यवस्थाबाट केहि लचिलो हुन बीमा कम्पनीले प्राधिकरण समक्ष अनुरोध गर्दै आएका छन् । उनिहरुले बीमा ऐनले बाध्यात्मक बनाउनु अगाडीको अवधिलाई थप गर्न अनुरोध गरेका हुन् । यस हिसावले चैत भित्रको मिति दिन उनिहरुको आग्रह छ ।

तीन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी सहित सम्पुर्ण जीवन बीमा कम्पनीको लेखापरीक्षण तयार हुन सकेको छैन । जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षकै लेखापरीक्षण प्रतिवेदन तयार पार्न सकेका छैनन् । अधिकाम्सले भर्खरै अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तयार पारेको हुँदा गत वर्षको बल्ल काम सुरु गर्न पाएका छन् । यसका लागि अझै पनि केहि समय लाग्नेछ । प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्षमा सबैभन्दा पहिला लेखापरीक्षण तयार पार्न सफल मेट लाइफले समेत गत वर्षको लेखापरीक्षण तयार पार्न सकेको छैन ।

एक्चुरी भ्यालुएसन नै तयार नभइसकेकाले उनिहरुलाई लेखापरीक्षण प्रतिवेदन तयार पार्न धेरै समय लाग्ने देखिन्छ । तर बीमा ऐन अनुसार पुस मसान्त भित्र लेखापरीक्षण तयार पार्न नसके माघको पहिलो एक सातासम्म दैनिक २५ हजारका दरले जरिवाना तिर्नु पर्छ ।

यदि पहिलो एक सातासम्म बुझाउन नसकेमा माघ दोस्रो सातासम्म दैनिक ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नु पर्छ । तर दुई हप्तासम्म पनि वित्तीय विवरण बुझाउन नसकेका खण्डमा दैनिक एक लाख रुपैयाँकादरले जरिवाना तिर्नु पर्छ । यदि माघ महिना भित्रमा पनि नसकेमा बीमा कम्पनीहरुले १८ लाख ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्छ । यस पछिका हरेक महिनामा ३० लाखका दरले जरिवाना तिर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS