IME Life New

मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुको कुल ब्यापार करिब १६ अर्ब, कुनले कति गरे आर्जन (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संचालनमा रहेका १८ वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को मंसिर महिनासम्ममा करिब १६ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले मंसिर महिनासम्ममा १५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले ११ लाख ४७ हजार २६४ वटा बीमालेख विक्री गरी यस रकम आर्जन गरेका हुन् ।

मंसिर महिनामा मात्रै कम्पनीहरुले २ लाख २८ हजार १२६ वटा बीमालेख जारी गरी २ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । मंसिर महिनासम्ममा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, दोस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब २९ करोड ४४ लाख रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब १३ करोड ५२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनीले ९३ करोड ८० लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले ९० करोड १३ लाख, सानिमा जिआइसी इनस्योरेन्सले ८३ करोड १२ लाख, लुम्बनी जनरल इन्स्योरेन्सले ७९ करोड ७९ लाख रुपैयाँ, आइएमई जनरलले ७५ करोड ४० लाख, अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख, यूनाइटेड इन्स्योरेन्सले ५० करोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS