Connect IPS
IME Life

बीमा क्षेत्रमा तीन वटा मर्जर सफल, १२ कम्पनीको क्यापिटल प्लान अन्योल हुँदा १३ वटाको एकिकृत कारोबार कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रमा अहिलेसम्म तीन वटा मर्जर सफल भएका छन् । आजदेखि सूर्या लाइफ र ज्योति लाइफको एकिकृत कारोबार सँगै जीवन बीमा तर्फ पनि पहिलो सफल मर्जरको इतिहास बनेको छ । निर्जीवन तर्फ हिमालयन र एभरेष्टले पहिलो मर्जरको इतिहास बनाएका थिए । हिमालयन एभरेष्टको एकिकृत कारोबार पछि सानिमा जनरल र जरनल इन्स्योरेन्स कम्पनी विचमा सफल मर्जर पश्चात एकिकृत कारोबार भइसकेको छ । यस सँगै ६ वटा कम्पनी मर्जर भएर तीन वटा कम्पनी बनेका छन् ।

हाल १३ वटा कम्पनी मर्जरको प्रकृयाँमा छन् । तर कुनै पनि कम्पनीले मर्जरको लागि विशेष साधारणसभा आह्वान गर्न सकेका छैनन् । जवसम्म मर्जरको विशेष प्रस्ताव साधारणसभाबाट स्वीकृत हुँदैन तवसम्म मर्जर हुन्छ हुँदैन भनेर अन्योलता नै रहन्छ । हाल मर्जरको सहमति पत्रमा निर्जीवन तर्फ सगरमाथा र लुम्बिनी, प्रभु र अजोड, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनीले हस्ताक्षर गरेर प्रकृयाँ अगाडी बढाएका छन् । त्यस्तै जीवन तर्फ महालक्ष्मी र प्रभु, सानिमा र रिलायन्स, तीन कम्पनीहरु युनियन, प्राइम र गुराँस लाइफले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर आवस्यक प्रकृयाँ अगाडी बढाइरहेका छन् ।

Prabhu
Crest

मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका ६ जोडि मध्ये सानिमा र रिलायन्सको मर्जर लगभग अन्तिम चरणमा रहेको बुझिएको छ । कतिपय कम्पनीहरुले भने आवस्यक प्रकृया अगाडी बढाएको भनेता पनि खासै घनिभुत रुपमा काम भएको पाइदैन ।

कम्पनीहरुले गत असार अगाडी नै मर्जरको सहमति गरेका थिए । तत्कालिन समयमै अघिल्लो आर्थिक वर्षको साधारणसभा गर्न बाँकी थियो । अहिलेसम्ममा कतिपय कम्पनीको दुई आर्थिक वर्षको लेखापरीक्षण तथा साधारणसभा गर्न बाँकी देखिन्छ । अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण बाँकी रहदा अहिले मर्जरमा समस्या सिर्जना भएको छ ।

मर्जरको सहमति गरेका बीमा कम्पनीहरु पनि आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण सम्पन्न गरेर मात्रै अगाडी बढ्ने सोचमा छन् । यो आर्थिक वर्षको लेखापरीक्षण पछि मर्जर गर्दा पनि कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ कै लेखापरीक्षण गर्न बाँकी हुन्छ ।

सानिमा र रिलायन्स लाइफ

सानिमा लाइफ र रिलायन्स लाइफले डिडिए गराइसकेका छन् । दुई कम्पनी विचमा एक बराबर एकको अनुपातमा मर्जर गर्ने सहमति भएको छ । दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जरका लागि दुई कम्पनी विचमा विभिन्न किसिमका छलफल भइसकेका छन् । कर्मचारी समायोजनको विषय, शाखा समायोजनको विषयमा कुरा टुङ्गिसकेको छ । मर्जरको लागि विशेष साधारणसभा मात्रै बोलाउन बाँकी छ । विशेष साधारणभाबाट शेयरधनीहरुले मर्जरका लागि अन्तिम स्वीकृति दिए पछि मात्रै आवस्यक कानुनी प्रकृयाँ अगाडी बढ्छ । यसले गर्दा दुई कम्पनीको एकिकृत कारोबार एकदमै छिटो भयो भने पनि दुई महिना लाग्छ । त्यसैले सानिमा र रिलायन्सको एकिकृत कारोबार एकदमै छिटो हुँदा फागुन दोस्रो साता भन्दा अगाडी हुँदैन ।

महालक्ष्मी र प्रभु

महालक्ष्मी र प्रभु लाइफले मर्जरका लागि डिडिए सम्पन्न गराइसकेका छन् । दुई कम्पनी विचमा केहि कुराले गर्दा प्रकृयाँ अगाडि बढ्न सकेको छैन । यदि नेपाल बीमा प्राधिकरणले गाठो फुकाइदियो भने यो मर्जर छिट्टै पुरा हुने दुबै कम्पनीका अधिकारीको भनाइ छ । तर प्राधिकरण लचक नहुने हो भने यो मर्जर भाडिन पनि सक्ने जानकारहरु बताउछन् । त्यसैले गर्दा प्राधिकरण पनि यि दुईको मर्जरलाई लिएर गम्भिर छ । यदि सबै कुरा मिल्यो भने पनि यि दुईको एकिकृत कारोबार चैत भन्दा अगाडी हुने देखिदैन ।

युनियन, गुराँस र प्राइम लाइफ

जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला यि नै तीन वटा कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तीन वटै पक्षले गत बैशाख २९ गते सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तर मर्जरको सहमति गरेका तीन वटै कम्पनीको लेखापरीक्षण तथा साधारणसभामा एकरुपता थिएन । एकरुपता ल्याउन नेपाल बीमा प्राधिकरणले कम्पनीका कयौ गल्तीलाई पनि आखा चिम्लेर हस्ताक्षर गर्यो । प्राधिकरण जति सुकै लचक हुँदा पनि मर्जरले भने मुर्त रुप लिन सकेको छैन । कम्पनीहरुका अनुसार फागुनमा एकिकृत कारोबार हुने गरी काम भइसकेको छ ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स

सिद्धार्थ र प्रिमियरले गएको असार २७ गते बराबरी हैसियतमा मर्जरमा जाने भनेर प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुबैले डिडिए सम्पन्न गरिसकेका छन् । दुबैले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण सम्पन्न गरेर लाभांश पनि घोषणा गरिसकेको हुँदा अव दुबैले नियमित वार्षिक साधारणसभा आह्वान गर्ने र सोहि साधारणसभाबाट डिडिए रिपोर्टसहित मर्जरको अन्तिम स्वीकृति लिने योजनामा छन् ।

सगरमाथा र लुम्बिनी जनरल

सगरमाथा र लुम्बिनी जनरलले गएको असार ३० गते १०० कित्ता बराबर ८० कित्ताको अनुपातमा मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुबैले डिडिए प्रतिवेदन तयार पारिसकेका छन् । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सगरमाथाले लाभांश घोषणा गरेको छ भने लुम्बिनीले बाँकी छ । यि दुई कम्पनीले पनि गत आर्थिक वर्षको वार्षिक साधारणसभामा मर्जरको विशेष प्रस्ताव पारितका लागि पेश गर्ने योजना बनाएका छन् । यस्तो अवस्थामा सगरमाथा र लुम्बिनीले पनि फागुनमा एकिकृत कारोबार गर्ने सम्भावना उच्च छ ।

प्रभु र अजोड

प्रभु र अजोडको मर्जर प्रकृयाँ अहिले भने अगाडी बढेको छ । प्रभु समुहले अजोड समुहलाई संस्थापक शेयर सर्वसाधारणमा कन्भर्जनमा रोक लगाउन खोज्दा भाडिने अवस्थासम्म पुगेको थियो । तर नेपाल बीमा प्राधिकरणले अजोडलाई संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न अनुमति दिए सँगै कम्पनीले विशेष साधारणसभाबाट पारित गरिसकेको छ । अव दुबै कम्पनीले आवस्यक प्रकृयाँ अगाडी बढाएर नियमित वार्षिक साधारणसभाबाटै टुङ्ग्याउने वा मर्जरका लागि छुट्टै साधारणसभा आह्वान गर्ने हुन त्यसको टुङ्गो छैन । दुई कम्पनी विच एक बराबर ०.७० को अनुपातमा मर्जरको सहमति पछि अजोडको निकै आलोचना भयो । यसले गर्दा कतिपय संस्थापन मर्जर भाड्न तर्फ पनि सक्रिय भए । खासमा प्रभुको तिनकुने स्थित आफ्नै जग्गामा बनेको घरको भ्यालुएसनकै कारण नेटवर्थ बढि देखिएको थियो । जसले गर्दा अजोडले घटेरै सहमति गरेको थियो ।

नेपाल बीमा प्राधिकरणले गत असार मसान्तसम्म मर्जरको सहमति गर्नेलाई कर छुटको व्यवस्था गर्न कर कार्यालयसँग समन्वय गर्दा मर्जरको लहर आएको थियो । त्यसैले असार पछि मर्जरको सहमति हुन सकेन । प्राधिकरणले गत चैत १० गते बीमा कम्पनीहरुको पूँजी बृद्धि योजना सार्वजनिक गर्दै यहि चैत भित्र जीवन बीमा कम्पनीहरुलाई न्युनतम साढे २ अर्बबाट ५ अर्ब पुर्याउन र निर्जीवन बीमा कम्पनीहरुलाई साढे दुई अर्ब पुर्याउन निर्देशन दियो । यसरी क्यापिटल प्लान ल्याउने क्रममा प्राधिकरणले हकप्रद निष्कानलाई रोक लगाएको छ । आइपिओ निष्काशन नगरेका कम्पनी बाहेक अहिले सबै कम्पनीहरु क्यापिटल पुर्याउनैका लागि मर्जर गर्नै पर्ने बाध्यतामा छन् ।

रिलालयबल नेपाल, सन नेपाल, आइएमई लाइफ, सिटिजन लाइफले विद्यमान संस्थापकहरु सँग थप पूँजी आह्वान गरिसकेका छन् । अव यि चार वटै कम्पनीले आइपिओ निष्काशन गर्ने योजना बनाएका छन् । आइपिओ निष्काशन पछि जगेडा कोषमा भएको रकमबाट बोनस शेयर दिने वित्तीकै उनिहरुले सजिलै न्युनतम चुक्ता पूँजी पुर्याउने छन् ।

यस बाहेक नेपाल लाइफको पूँजी न्युनतम भन्दा माथि छ । शिखरले अहिले घोषणा गरेको बोनस शेयर पश्चात २ अर्ब ६४ करोड नाघ्नेछ । नेशनल लाइफ पनि बोनस शेयर वितरणबाटै पूँजी जुटाउन सक्ने हैसियतमा छ ।

नेको इन्स्योरेन्स कम्पनीले अहिले घोषणा गरेको बोनस शेयर पश्चात चुक्ता पूँजी २ अर्ब पुग्नेछ । कम्पनीलाई अझै ५० करोड आवस्यक छ । यदि प्राधिकरणले मान्यो भने कम्पनीले २० प्रतिशत हकप्रद शेयर निष्काशन गरेरै पूँजी जुटाउन सक्नेछ ।

नेपाल इन्स्योरेन्स कम्पनीले पनि ८ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । तर कम्पनीले तोकिएको चुक्ता पूँजी जुटाउन प्राधिकरणले माने हकप्रद नमानेदेखि मर्जरकै बाटो रोज्नु पर्नेछ । प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई मर्जरका लागि धेरै नै दवाव दिए पनि अहिलेसम्म पनि सार्थक हुन सकेको छैन । हालसम्म आइएमई जनरल, प्रुडेन्सियल, युनाइटेड, एनएलजी कम्पनीहरुले न त आफै पूँजी जुटाउन सक्ने अवस्थामा छन् न त जोडि नै खोज्न सकिरहेका छन् ।

प्राधिकरणले चैतसम्म हेरेर बस्ने र चैत पछि फोर्स मर्जरको नीति लिने मुडमा छ । कम्पनीहरु पनि चैतसम्म प्राधिकरणको अवस्थालाई नियाल्ने सोचमा छन् । यदि प्राधिकरणले जबरजस्ती मर्जर गराउदै खोज्यो भने मर्जरमा जाने तर हकप्रदमा लचियो भयो भने हकप्रदबाटै पूँजी जुटाउने सोचमा कम्पनीहरु छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

40%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS