IME Life New

छिमेक लघुवित्तको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

छिमेक लघुवित्त वित्तीय संस्थाको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम रहेको छ । साधारण सभा प्रयोजनका लागि छिमेकले वैशाख १६ सोमबारदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ। आइतबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । साधारणसभा वैशाख ३० गते होटल सामना प्रालि, मकवानपुर हेटौंडामा बिहान १०ः३० बजे सुरु हुनेछ ।

कम्पनीले ४०५ लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित साधारण सभा बोलाएको हो । छिमेकले १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लांभाश दिन लागेको हो । कुल २२ करोड रुपैयाँ नगद लांभाशका रुपमा वितरण गरिनेछ । यस्तै, बोनस सेयरका लागि १८ करोड रुपैयाँ खर्च गर्नेछ ।

Esewa
Crest

यसअघि राष्ट्र बैंकले छिमेकलाई लाभांश वितरण गर्न रोक लगाएको थियो । तर केन्द्रीय बैंकले निरीक्षण गरी औंल्याएका कैफियतहरु सुधार गरी पुनः विवरण पेश गरेपछि भने छिमेकले लाभांश वितरणका लागि स्वीकृति पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS