IME Life New

पर्यटन आगमन सुधाँरिदै : अघिल्लो दुई वर्ष भन्दा अहिले ११ महिनामै धेरै पर्यटक 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार पर्यटक नेपाल आएकोमा त्यसको १ वर्ष पछि सन् २०२१ मा १ लाख ४९ हजार पर्यटक नेपाल आएका थिए ।  तर, अहिले सन् २०२२ को नोभेम्बरसम्मको ११ महिनाको तथ्यांकलाई आधार मान्दा ५ लाख ४२ हजार पर्यटक नेपाल आइसकेका छन् ।

यसरी अघिल्ला दुई वर्ष २०२० र २०२१ मा जोडेर ३ लाख ७९ हजार पर्यटक नेपाल आएकोमा अहिले ११ महिनामा त्यो भन्दा धेरै पर्यटक आउनु राम्रो संकेत देखिएको छ । कोरोना महामारीको कारण केही वर्ष यता पर्यटक आगमन कम हुँदै गएकोमा अहिले भने केही सुधाँरिदै गएको देखिए पनि धेरै नै उत्साहित हुनु पर्ने अवस्था भने देखिएको छैन् ।

Esewa
Crest

सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए भने त्यसको एक वर्ष अघि सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटक नेपाल आएका थिए । सन् २००५ पछिको १७ वर्षको तथ्याङ्क हेर्दा सन् २०१९ मा सर्वाधिक ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए भने १० लाख माथि पर्यटक नेपालले दुई वर्ष मात्र स्वागत गर्न पायो । सन् २०१८ र सन् २०१९ मा क्रमश ११ लाख ७३ हजार र ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS