उपभोक्ता सम्म वस्तु प्रवेशलाई तीव्र बनाउन अनलाइन सपिङ प्रविधि युक्त युगमा अत्यधिक प्रयोगमा आएको बजारीकरणका उपकरणको नामले परिचय पाउन सफल हुँदै गएको छ । आजकल नेपालीहरू घरमै बसी–बसी अनलाइन सपिङ मार्फत सामान खरिदमा अभ्यस्त हुन थाली सकेका छन् ।
यसले समयको बचत त हुन्छ नै, बजार मूल्यभन्दा केही सस्तो दरमा सामग्री उपल्बध हुने लोभले समेत अनलाइन सपिङ तर्फ ग्राहक आकर्षित हुन थालेका छन् । स्थानीय बजारमा मुन्चा, दराज, नेप्वे, सस्तो–डिल लगायतका दर्जनौं कम्पनी मार्फत इलेक्ट्रोनिक्स, गार्मेन्टस, लगायतका विभिन्न विदेशी सामानका खरीद कर्ताको भीड लाग्ने गर्दछ ।
अनलाईन मार्केटीङले नेपाली बजारमा आयातीत वस्तुले वर्चस्व पाउन पाउन थालेका छन् । किनकि गार्मेन्टस लगायतका उभोग्य वस्तुका नेपाली लोकप्रिय ब्रान्ड उपल्वध नभए पछि त्यसको फाइदा विदेशीको पोल्टामा पुग्ने गरेको छ ।
नेपाली च्याङग्रा पस्मिना, हयाण्ड मेड कार्पेट जस्ता लोगो विदेशी बजारमा प्रचलित भएपनि स्थानीय बजारमा भने बाक्लो उपस्थीती छैन । यदा कदा फेवा/नेपाल पशमीनाको नाम सम्म सुन्न पाइए पनि ती कम्पनीका उत्पादनका गुणस्तर यकिन हुने वैज्ञानिक समयन्त्र उपल्वध छैन ।
तर यदि ब्राण्डको बजारमा बलियो उपस्थिति भए अनलाइन सपिङमा नेपाली उत्पादनले प्राथमिक्ताका पाउनेमा विश्वास गर्न सकिन्छ । नेपालमा सञ्चालित उत्पादनशील उद्योगहरूले समेत ब्रान्ड विकासलाई प्राथमिक्ता दिइएको पाईदैन । त्यस कारण मु्ञ्चा डट कमले पछिल्लो पटक नेपाली निर्यातजन्य उत्पादन अन्तराष्ट्रिय बजार लक्ष्ति माटो डट कमको सुरुवात गरेको छ । यस साइटबाट उच्च गुणस्तरीय र महँगा निर्यात जन्य बस्तुको मात्र बिक्री तथा प्रवर्धन गरिने छ ।
अनलाइन सपिङबाट उपभोक्ताका लागि खरिद प्रक्रिया सहज भएपनि स्थानीय पसले र उत्पादकहरूको टाउको दुखाई बन्ने गरेको छ । त्यसो त र्गार्मेन्टस तथा जुत्ता लगायतका सामाग्री खरिद पछि मन नपरेमा साट फेरको सुविधाले समेत अनलाइनतर्फ ग्राहक सख्ंया प्रतिदिन वृद्धि हुँदै गएको छ । अर्को तर्फ अनलाइनमा उपल्वध वस्तुको बजार मूल्य भन्दा सस्तो हुने गर्दछ ।
यही मूल्य प्रतिपर्थाका कारण छिमेकी मुलुक भारतका सैंयौ अनलाइन कम्पनी सञ्चालन खर्च बटुल्न नसकेर अर्को कम्पनीसगं मर्जर हुन वाध्य हुन पुगेका थिए । त्याहाँको फराकिलो बजार देखेर भित्रिएका बहुराष्ट्रिय कम्पनीहरु सँग मर्जर हुन पुगेका सैंयौ उदाहरणहरु छन् ।
वहुराष्ट्रिय अनलाईन सपीङग एमाजोन लगायतका कम्पनीहरु उच्च बजार हिस्सा बटुल्नका लागि लगानी वृद्धि गर्दे लगेका छन् । त्यस्को फलस्वरुप बजार दायरा फराकिलो बनाउने प्रतिस्पर्धामा साना लगानीका कम्पनी बजारमा टिक्न नस्कने अवस्थामा पुगीसकेका छन् । कम्पनीको ब्राण्ड स्थायीत्वलाई उच्च बनाउन लागि अनलाईन मार्केटिङ कम्पनीहरुले बजार मुल्य भन्दा सस्तो दरमा सामान बच्ने गर्दछन् ।
तर ती विदेशी कम्पनीसगं गाभिदा त्यस क्रमममा भएको सम्पूर्ण घाटा उठने गर्दछ । यसरी गाभिने दास्रो कम्पनीका नराम्रो पक्ष मध्ये सम्पूर्ण ग्राहक र प्रसासनको पकड अर्को कम्पनीमा समेटिनुलाई लिन सकिन्छ ।
छिमेकी मुलुक भारतमा मिन्त्रा जस्ता स्यानो लगानीका कम्पनीहरूको आत्रमक बजारीकरणबाट लोभिएर फिल्पकार्डले उस्को सबै सेयर खरीद गरी भारतीय बजारमा प्रवेश गर्न सफल भएको छ । फराकिलो बजार हिस्सा बनाउन सफल भएको जबोङ बजारमा टिक्नै नस्कने अवस्थामा पुगीसके पछि वाध्य भएर त्यहि फिल्पकार्डसगं ५० मीलीयन अमेरीकी डलरमा बिक्रि हुन पुगेका थिए ।
अर्कोतर्फ वालमार्टले फेरी फिल्पकार्डको करीब ८० प्रतिशद सेयर खरीद गरी अत्याधीक सम्भावना भएको सार्क राष्ट्रका बजार प्रवेश गर्न सफल भएको छ । अनलाइन सपिङ कम्पनीका पहिलो रणनीति बजार विकासबाट सुरु हुने गर्दछ । सस्तोमा सामान उपल्बध गराउने हुँदा पसले र मुख्य उत्पादनकर्ता बिच दुरी उत्पन्न समेत हुने गर्दछ । यस्ले स्थानीय पसलेको कारोबार नै धराशायी बनाईदिन्छ ।
भारतीय अर्बपति घरानाका मुकेश अम्बानीको जियो ९टेलिकम० लगायतका विभिन्न उत्पादन सोझै उपभोक्ता सम्म पुर्याउने अनलाईन बजारीकरण आवश्यक भैसकेको छ । भने ई–कमर्श सञ्चालनमा विभिन्न स्थानमा कम्पनीका आउटलेट नराखी आस लाग्दो मुनाफा कमाउन सकिने क्रमलाई पछयाउंदै अम्बानी समुह अनलाईन बजारीकरण प्रवेश तयारीमा जुटेका छन् ।
बहुराष्ट्रिय अनलाइन कम्पनीहरु भारतीय बजार प्रवेश पछिको असर त्यहाँका पसलेको बिक्रिमा प्रत्यक्ष असर पर्न थाले पछि ती कम्पनीका व्यवसायीक कार्यमा नियन्त्रण सहित ई–कमर्स वाणिज्य नीति लिइएको छ ।
भारत सरकारले सन २०१९ फेब्रुअरी १ देखि लागु हुने गरी ई–कमर्स साइट सञ्चालन गर्न कम्पनी मातहतका उत्पादन बिक्रिमा २५ प्रतिशतको सिमा तोकिएको छ । ती कम्पनी प्रत्यक्ष सल्गंन भएका उत्पादन त्यहि अनलाइन साइटबाट बिक्रिमा पूर्ण बन्देज लगाईएको छ । त्यस्तै अन्य वस्तु बिक्रीका लागि पनि बेग्लै कम्पनी स्थापना र्गनुपर्ने छ ।
नेपालमा समेत ई–कर्मश साइटको वर्चस्व विस्तार हुने क्रममा छ । त्यसो त नेपाली अनलाइन सपिङ मध्ये दराज डट कमको बजार हिस्सा उच्च हुँदै गएको छ । तर चिनिया अनलाइन अग्रणी कम्पनी अलिबाबा जर्मन नेतृत्वका रकेट इन्टरनेट मार्फत सञ्चानलमा आएको दराज डट कम को ९५ प्रतिशत शेयर खरिद गरी नेपाली बजार प्रवेश गर्न सफल भएको छ ।
अबका दिनमा नेपालका साना स्तरमा सञ्चालित अनलाइन साइट मूल्य प्रतिस्पर्धा गर्न नसकी बन्द हुने स्थितीमा पुग्ने निश्चित छ । नेपालमा समेत पसलेहरूको बिक्रीमा प्रत्यक्ष असर पुग्ने क्रम दोहोरीन सक्छ । तर जब सम्म नेपाली बस्तु ब्राण्डको विकास तीव्र हुँदैन स्थानीय बजारमा विदेशी ब्राण्डले मजा लुटिरहन्छ ।